“समृद्ध पचालझरना हाम्रो चाहना ”भन्ने नारामा रहेर तीनवर्षे योजना अगाडि बढाउदै

नेपालको संविधानले समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ । संविधानले परिकल्पना गरेको व्यवस्था निर्माण गर्ने अख्तियार संघ, प्रदेश र स्थानीय सरकारले पाएको छ । आम नागरिकले समाजवाद उन्मुख व्यवस्था स्थापना गर्न, घरआँगनमै सेवा सुविधानहरु डेलिभरी गर्न आफ्ना प्रतिनिधिहरु महुमुल्य मतद्वारा चुनेर पढाएको छ । तसर्थ आफ्ना प्रतिनिधिहरुले अपेक्षाअनुरुप काम गरेको छ कि छैन भनेर निगरानी र खबरदारी गर्नु आम नागरिकको कर्तव्य हो । हामीले नयाँ समाज मिडियामार्फत त्यहि कर्तव्य निर्वाह गर्ने प्रयन्त गरेका छौं । तिनै तहका जनप्रतिनिधिहरुले देश, समाज र आम नागरिकको हितमा काम गरेको छ कि छैन् भनेर खोज्ने प्रयास गरेका छौं । यसै अभियान अन्र्तगत कालिकोटको पचाल झरना गाउँपालिकाले गरेका राम्रा कामहरुको के के छन् ? यहाँ १३ कामको सूििच प्रस्तुत गरिएको छ ।

palikaa.jpg

खड्गराज सिजुवाल, अध्यक्ष, पचालझरना गाउँपालिका

नेपाली खस भाषाको उद्गमस्थल कर्णालीमा आफ्नै मौलिक संस्कृति र पहिचान रहेको छ। पर्यटकीय राजधानी कर्णाली जैविक विविधता, प्राकृतिक सुन्दरता र स्रोत साधनले भरिपूर्ण भएपनि विकासका हिसाबले पछाडी पर्दै आएको छ । कर्णाली प्रदेशको हिमाली ( पहाडी भागमा अवस्थित कालिकोट साविकको कर्णाली अञ्चलका पाँच जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या रहेको कालिकोट का ३० वटा गा.वि. स. मिलाएर जिल्लामा ३ वटा नगरपालिका ६ वटा गाउँपालिका छन् । तीनै मध्ये पचाल झरना गाउँपालिका एक हो । जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका साविकको रामनाकोट, नानिकोट र बदालकोट गा.वि. स. मिलेर बनेकोछ । गाउँपालिकाको विचभागमा देशकै लामो कर्णाली नदी आफ्नै बेग र गतिमा सुसेली हाल्दै बगिरहेको दृश्य लोभलाग्दो रहेको छ । झरना, हिमाल, चट्टानीपहाड , ताल , लेकाली मैदान फाँट प्राचीनस्थल , मठमन्दिर पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीयस्थल र प्राकृतिक सौन्दर्यको अनुपम निधिका रुपमा यो गाउँपालिका रहेको छ।

कुल क्षेत्रफल क्षेत्रफल १६६.९२ वर्ग किलोमिटर भूभागमा फैलिएको यो गाउँपालिका पूर्वमा पलाता, पश्चिममा रास्कोट , उत्तरमा वाजुरा र दक्षिण मा खाडाचक्रले घेरीयको छ । समुद्री सतहदेखि ९७० मिटर उचाइमा रहेको गाउँपालिका भारतको रुपैडियावाट नेपालगञ्ज सुर्खेत दैलेख कालिकोट बाजुरा हुँदै हुम्लाको सिमाना हुँदै तिब्बत सम्म पुग्ने हुनाले कर्णालीकरीडोर यसै गाउँपालिका विचभागमा भएको छ । यहाँका पर्यटकीय क्षेत्र भन्नाले पचालझरना चुली , पुग, नौमुले, डङ्सीले, त्रिवेणी, बड्डादुन बयालझरना , पङ्गेली चउर, काफलडाँडा, भारपाटा, बड्डा पाखा, उनीकोटे दरबार, बडाकोटेदरबार, छेडाताल, जलकुण्ड मन्दीर , पागर पानी , पञ्चदेवल , दइतको तडो काटेको आदि लगायतका दर्जनौ रमणीय स्थलहरु छन् । यी सबैको केन्द्र पचाल झरना हो निरन्तर रुपले पचाल झरनामा केन्द्रिकृत भइ प्रचार प्रसार गर्नु हाम्रो कर्तव्य हुनेछ । साथै यो गाँपालीका धार्मीक सस्कृतिक रुपले जिल्लाकै एक केन्द्रको रुपमा हुनुले यसको संरक्षण प्रवर्धन विकास गर्नु हाम्रो जिम्मेवारी हुनेछ ।

“समृद्ध पचाल झरना हाम्रो चाहना ”भन्ने नारामा रहेर तीनवर्षे योजना अगाडि बढाइएको छ । यो तीन वर्ष मध्ये दुई बर्ष पुरा गरी अब तेस्रो वर्ष मात्र बाँकी छ । यो अवधिमा गाउँपालिकाका हरेक लक्ष्यहरू पूरा गर्ने सोचका साथ बढिरहेका छौं पालीका भरी खानेपानी , सिचाई , विद्युत् सडक देखि समग्र भौतिक पूर्वाधारका कार्यहरुका साथै स्वास्थ्य सेवा समिति कार्य , महिला छाउपडी मुक्त दलित माथि हुने छुवाछुत भेदभाव सबैको अन्त्य गर्ने लक्ष्य सहित सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य राखिएको छ ।

पचाल झरना गाउँपालिकाले गरेका १३ राम्रा काम

jharanaa.jpg

१. गोठालो भत्ता

भौगोलिक विकटता छरिएको भूभाग वनजङ्गल, घाँसेमैदान प्रशस्त हुनुले पुर्खौदेखि पशुपालनका निम्ति उपयुक्त भूगोल मानिँदै आएको तर यहाँको किसान व्यवसायिक रुपले पशुपालन नगर्ने हुँदा किशान लाई व्यवस्थित गर्दै मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित भेडाबाख्रा पालन गर्ने किशानलाइ भत्ता दिने व्यवस्था गरिएको छ । जसअनुसार पालिका मा ६० भन्दा माथि पालेकालाई रु१०००। र १०० भन्दा माथि पान्नेलाई रु २०००। गोठालालाइ खाजा नास्ता सोरुप भत्ता दिने व्यवस्था ले सम्पूर्ण किसानहरुमा साटेर सहयोग कसरी पुर्याउने कसरी बढाउने भोटवाजी चलेको छ ।

२. खरमुक्त गाउँपालिका

गाउँपालिका भरिमा २३सय घरधुरी मध्ये १६ सय घरधुरी खरको छानाले छाइएको हुँदा हावाहुरी आगलागीको असाध्यै समस्या भएकाले पालिकालाई खर मुक्त बनाउने उद्देश्यले जनसमुदायलाई टिनको छाना दिने कार्यक्रम अन्तर्गत वडा नं ४ को लाफागाउँ बाट सुरुवात गरि यो वर्ष वडा नं ६र वडा नं १मा लागु गरिनेछ । क्रमशः सबैतिर सम्पन्न गरिनेछ ।

३. गरिब घर निर्माणको कार्य

पालिकामा केही जग्गा घर नभएका घरबारविहीन हरुलाई घर निर्माण गरी बसोबास व्यवस्थित गरीदिने उद्देश्यअनुरुप प्रतिव्यक्ति पालिका बाट सहयोग गरे हरेक वर्ष एक घर निर्माण गर्दै यो दुई वर्षमा १८ वटा घर निर्माण गरिएका छन् ।

४. स्वास्थ्य सेवा विस्तार

साबिकका गाबिस स्तरमा सञ्चालित स्वास्थ्य चौकीले मात्र यहाँको भौगोलिक जटिलता र स्वास्थ्यमा पहुँच सम्पूर्ण समुदायमा नपुगेकाले घरआँगनमै सेवा दिने उद्देश्यले हरेक वडा स्तरमा आधारभूत स्वास्थ्य इकाई घोषणा गर्दै कर्मचारी व्यवस्थापन औषधि आपूर्ति गर्दै भवन निर्माण सहित १ वडा एक स्वास्थ्य चौकी विस्तार गरि सेवा दिन सुचारु गरिएको छ। शाथै पालिकाको जारकोटमा १५ शैयाको अस्पतालको म्एच् बनाइ सम्बन्धित पक्षसगँ पेश गरि सकेको छ भने कर्मचारी आवास निर्माणाधिन अवस्थामा रहेको छ ।

५. मिटर सहितको एक घर एक धारा

भौगोलिक विकटता सुख्खा डाँडाकाँडा खडेरी ग्रस्त हुनुले घन्टौँ हिँडेर पानी लिनु पर्ने पालो कुरेर घन्टौं लाइनमा बस्नुपर्ने समस्यालाई ध्यान दिँदै ३ वर्षे अवधि भित्र पालिकाभरी एक घर एक धारा सम्पन्न गर्ने लक्ष्य अनुरुप वडा न। २, ४, ६, ७ र ९ मा पालिकाद्वारा तथा १, ३ ,५ ,८र ६ ,७ को केही बस्ती परदेश द्वारा समग्र सुरुवात भएको छ । आगमी एक वर्ष भित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।

६. शैक्षिक सुधारको सवाल

शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यअनुरूप हुँदै शिक्षा नीति पारित गरी व्यवस्थित गरिएको छ । शैक्षिक क्यालेन्डर तयार गरी कक्षा ८को पालिका स्तरीय परीक्षा एक वडा एक मा।वि। निर्माण हरेक टोलमा भ्ऋम् निर्माण , अनौपचारिक शिक्षा सञ्चालन सहित पालिका साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ । नियमित गर्ने गरिएको छ । पालिकाका दुई वटा मा।वि ।सरस्वती मावि भिटा कम्प्युटर शिक्षा, ज्ञानोदय मा।वि । मा कृषि शिक्षा प्राविधिक शिक्षालय सहित यी दुवै विद्यालयमा स्कुल डायरी समेत लागू गरी व्यवस्थित गरिएको छ । पालिका भरी बिना व्यवस्थापन र दरबन्दी बिनाका विद्यालय खोल्ने अनुमति दिएका विद्यालय हरूको भौतिक पूर्वाधारका साथै शिक्षक दरबन्दी कायम गरी व्यवस्थित गरिएको छ।

७. पर्यटन पर्वद्धन

पालिका भरिमा थुप्रै पर्यटकीय क्षेत्रहरु छन् । पचालझरना, बयाल झरना, नौमुले , चुली , पुग , भारपाटा, काफलडाँडा, उनीकोट दरबार आदि रहेका छन्। ती सबैको मुख्य केन्द्र पचालझरना हो । पचाल झरना लाइ स्थापित गर्न पर्यटन बोर्डमा कायम गराउने उद्देश्य अनुरुप प्रक्रिया अगाडि बढेको छ । पचालझरना सहिद पार्क , होमस्टे रेलीङ सहितको पद मार्ग का साथै गाउँपालिकाको र पचालझरनाको भिडियो डकुमेन्ट्री निर्माण सम्पन्न भएका छन् । जुन कार्यले पर्यटकहरु बिस्तारै केन्द्रित हुन सुरुवात भएको छ ।

८. जनयुद्धका धाइते तथा सहिदहरुलाइको सम्मान

जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुको सम्मान उपचार खर्च राहत वितरणका साथै शहीदहरूको सम्झनामा वडा नं ४मा शहीदगेट वडा नं ९ को भुरा बगरमा सहित पार्क र वडा नं ३ मा पनि सहिद पार्क स्तम्भ निर्माण गरी सहिदहरूको सम्मान तथा सम्झना गर्ने गरिएको छ।

९. सामाजिक सुरक्षा भत्ता वितरण तथा जनचेतना कार्यक्रम

सामाजिक सुरक्षा वितरण गर्दा वृद्धवृद्धाको स्वास्थ्य अवस्था चेकजाँच सहित घरमै स्वास्थ्यकर्मी पुर्याइ स्वास्थ्य अबस्था चेकजाँच मात्र नभइ सरसफाई लाई हेरेर मात्र वितरण गर्ने विद्यालयमा विद्यार्थीलाई नियमित नआउने अभिभावकको सामाजिक सुरक्षा भत्ता रोक्ने गरिएको छ । साथै जनचेतनाकाहिसाबले छाउपडी प्रथा, छुवाछुत प्रथा र सरसफाइ युक्त पालिका घोषणा गर्ने उद्देश्यअनुरूप समग्र कार्यक्रम अगाडि बढाइएकोछ ।

१०. विद्युत उत्पादनको कार्य

तल्लो लाफागाड साना जलबिद्युत आयोजनाको ८५ वाट क्षमताको विद्युत उत्पादन गरी वडा नं ३,४ र ८ मा सामुदाय सम्म बत्ति वितरण गरी सकिएको छ बाँकी वडाहरुमा वस्तार गर्दै जाने लक्ष्य राखिएको छ ।

११. सडक निर्माणको कार्य

कर्णाली नदिले च्यातिएको दुई किनारामा विभाजित पालिका हुनुले भौगोलिका जटिलता र विकटता सगँ गुध्दै हरेक वडामा सडक विस्तार गरि गाडि संचालनमा आएकाछन वडा नं ३ र ४ मा यहि बर्षमा सडक सन्जाल पुगिसक्ने छ ।

१२. निर्माण दल घोषणा गरी विकासका कार्य सम्पन्न

हरेक वडाका विकासक निर्माणको गतिलाई सम्पन्न गर्ने र युवालाई रोजगारी दिने उद्देश्यले पहिलो वर्ष स्वयंसेवक टिम निर्माण गरी कामलाई व्यवस्थित गरियो अब आगामी वर्षमा हरेक वडामा ५५ जनाको टिम निर्माण गरी प्लाटुन र कम्पनी स्तरका टिम परीचालन गरी १ वडा एक निर्माण कम्पनीको अवधारणासहित विकासे योजना सम्पन्न गर्न पालिका भरि ५०० जनाको निर्माण दल बनाइ विकासका कार्य सम्पन्न गर्न र ५०० जना युवालाई रोजगार दिने लक्ष्य राखिएको छ ।

१३. लोगो निर्माण

स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरि यस पचालझरना गाउँपालिका पनि एक तहको सरकार हुनुको नाताले मिति २०७६ पोष २६ गतेको कार्यापालिकाबाट पचालझरना विश्वमा चिनाउन पचालझरना, राष्ट्रिय पंक्षि डाँफे, विश्वमै लोपउन्मुख जङगली जनावर पचालझरनामा पाइने हाब्रे (रेडपाण्डा) चुली र पुग हिमाल र पचालझरना कर्णाली प्रदेशमा अवस्थित देखाइ आफ्नै लोगो निर्माण गरि दैनिक कार्यालयको पत्रहरुमा प्रयोगमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *