कोरोनाको बारेमा अफवाह हैन सचेतना जरुरी छ: अध्यक्ष सेजुवाल

पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल ‘विश्वप्रकाश’ले कोरोना भाइरसको बारेमा अनावश्यक अफवाह  सचेतना अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । बुधबार गाउँपालिकाको वडा नं १ को श्री सरस्वती माध्यमिक विद्यालय, सिकुका विद्यार्थीलाई मास्क वितरण गर्दै उनले सो कुरा बताएका हुन् ।

कोरोना भाइरसका बारेमा सामाजिक सञ्जाल र मिडियाहरुमा अनावश्यक आतंक सिर्जना गरिदा जनमानसमा त्रास उत्पन्न भएको भन्दै अध्यक्ष सेजुवालले त्रसित नहुन तर सचेत बन्न विद्यार्थीलाई आग्रह गरे । गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपाने ‘साधना’को व्यक्तिगत पहलमा पालिकाभरका विद्यार्थीहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरसको बारेमा सचेतना बढाउनका लागि विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।

सरकारको तर्फबाट मास्क वितरण गर्ने तयारी गरिए पनि बजारमा सिर्जना गरिएको कृत्रिम अभावका कारण कठिनाइ भएको जानकारी दिदै अध्यक्ष सेजुवालले उपाध्यक्षको पहलकदमीको प्रशंसा गरे ।

परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसका बारेमा सचेत तथा सुरक्षित अनुभुती दिलाउनका लागि आफुले व्यक्तिगत तवरबाट मास्क वितरण गरिएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् । गत सोमबार पचालझरना गाँउपालिका वडा नं ४ राम्नाकोटमा रहेको श्री ज्ञानोदय माध्यामिक विद्यालयबाट सुरु गरिएको मास्क वितरण कार्यक्रम अन्तरगत पालिकाभर परीक्षारत १ हजार ३ सय १४ जना विद्यार्थीलाई मास्क वितरण गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरीसकेको छ । कोरोनाको संक्रमण चीनले नियन्त्रण गरेपनी अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिका लगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *