आगलागिले सखाप भएको खाडा बस्तिमा घरघरमा धारा ।

नम राज न्यौपाने पलाँता
कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको वडा नम्बर एकमा घर घरमा पानी पुग्ने भयको छ । एक सय बीस घरधुरीमा क्याप्स कर्णालिको प्राबिधिक सहयोग विश्व खाद्य को आर्थिक सहयोग र गाउँ पालिकाको समन्यमा एक करोड बीस लाखले गाउँ पालिकाले धारा निर्माणका लागि सत्तरी प्याक सिमेन्ट पठाएको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले बताए ।

स्थानीयवासीको घर घरमा खानेपानी पुग्ने भएपछि स्थानीयले खुसी व्यक्त गरे । खानेपानीको पनि उत्तिकै अभाव थियो । खानेपानी लिन एक घण्टा पैदल हिडेर जानुपथ्र्यो । हिउँदत झनै आपत । बालबच्चालाई विद्यालय पठाउन उत्तिकै समस्या । तर, अहिले पलाँतामा घर घरमा पानी धारा बन्ने भयपछि यहाँका बासिन्दाको खुसीले ‘हृयाट्रिक’ गरेका छ । स्थानीयका गुनासा सुन्ने पलाँता गाउँपालिकाका अध्यक्ष बमले स्थानीय तहको चुनावमा आफूले गरेको बाचा पूरा गरेर जनताको घर घरमा पानी पुर्याउने लक्ष्य राखेको बताए । उनले अब छिट्टै सिँचाइको सुविधा उपलब्ध गराउने बाचा समेत गरे । म चुनावमा भोट माग्न जादा खानेपानी थिएन, मैले बचन दिएको थिए गाउँ पालिका अध्यक्ष बमले भने, ‘अब यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अब सिँचाइ सुविधा पनि एक वर्ष भित्रै उपलब्ध हुन्छ । उनले कर्णालिको पानी लिफ्ट वा बोरिङ कुनै एक माध्यमबाट सिँचाइ उपलब्ध गराउने र सुख्खा ठाँउलाई हराभरा पार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *