नेकपा निकट व्यापारीहरुको प्रगतिशिल प्यानल बिजय

कर्ण कुमाल

कालिकोट उद्योग वाणिज्य संघको नेतृत्व सत्तारुढ नेपाल कम्युनिष्ट पाटि सम्वर्द प्रगतिलशल प्यानलको विजयि भएको छ । नेकपा निकट व्यापारीहरुको प्रगतिशिल प्यानलबाट अध्यक्षका उमेदवार रतन बहादुर शाही ३ सय ९५ मतले विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेस निकट व्यापारीहरुको साझा प्यानलका उमेदवार डिलबहादुर शाहीले ३ सय ५६ मत ल्याएका छन्। विजयी शाहीले ३९ भोट बढी पाएर जीत हासिल गरेका हुन्।यस्तै संघको वरिष्ठ उपाध्यक्षमा तिलबहादुर शाही, द्धितिय उपाध्यक्षमा टक्कबहादुर बुढा, महासचिवमा रंगलाल देवकोटा, सचिवमा कमल बराल, कोषाध्यक्षमा गौरी संज्याल विजयी भएका छन । यस्तै खुला सदस्य नवराज बुढा, सदस्य कमल शाही, महिला सदस्य कास्मिरा आचार्य, दलित सदस्य पुर्ण मिजार विजयी भएका छन्।
लामो समय देखि उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न नसकेको नेपाल कम्युनिष्ट पाटि निकट प्यानलले योे मात्र पुरै प्यानल विजयि भएपछि शुभछुकहरुले मान्म वजार प्ररिक्र्मा गरि विजयि उत्सव मनाएका छन ।


निर्वाचनमा नेपाली कांगे्स, राप्रपा, मजदुर किसान पाटि,जनमोर्चा, समाजवादि लगायतका पाटिहरु एक भएपनि कम्युनिष्ट पाटि निटक प्रगतिशिल प्यानलले वाणिज्यको नेतृत्व हात पार्न सफल भएको हो ।

विजयि रेलिपछि मान्मवजारको नरहरिनाथ चोकमा कोणसभा गरिएको छ । विजयि कोण सभामा कर्णाली प्रदेश सभा सदस्य माननिय कुर्मराज शाही, संविधान सभा सदस्य तुलाराज विस्ट, नेपाल कम्युनिष्पाटिका अध्यक्ष धनजित शाही, सचिव नगेन्द्र शाही नेश्नलले बधाई तथा कार्याकालको शुभकामना दिएका थिए ।साथै सभामा अध्यक्षमा विजयि रतन बहादुर शाही, वरिष्ट उपाध्यक्ष तिल बहादुर शाही, दृतिय उपाध्यक्ष कटक वुढा, महासचिव रंगराज देवकोटा, सचिव कमलराज वराल,कोषाध्यक्ष गौरि संज्याल गण्डकि लगायतका विजयि सदस्यहरुलाई बधाई तथा अभिनन्दन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *