नरहरिनाथ गाउँपालिकामा गस्तीमा गएको प्रहरीद्धारा अवैध मदिरा बरामद गरि नष्ट ।।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा गस्तीमा गएको प्रहरीले अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । नरहरिनाथ गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय कुमालगाउँबाट गस्तिमा खटिएको प्रहरी टोलिले स्थानीय नागरिकले विक्रि गर्दै आएको अवैध मदिरा बरामद गरि नष्ट गरेको प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो । अछामको कोशेडीबाट अवैध घरेली मदिरा बेचविखनका लागि वडा नं ३ को भराँतामा ल्याउदै गर्दा प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको मदिरा सरोकारवालाहरुको रोहवरमा प्रहरीले नष्ट गरेको छ । नरहरिनाथ गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको भएपनि अझै गाउँगाउँमा अवैध मदिरा भेटिने गरेको छ । घरमै मदिरा बनाउदा विक्रिका लागि समस्या हुने भएकाले मदिरा व्यवसायीले अछामको कोशेढिबाट प्याकेटमा प्याक गरेर ल्याउने र बेच्ने गरिरहेका छन् । प्रहरीको टोलीले १५६ प्याकेट घरेलु मदिरा नष्ट गरेको थियो भने व्यापारीलाई अवैध मदिरा बेचविखन गरेको भन्दै १ हजार ५ सय रुपैया जरिवाना समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *