कालिकोटमा कोरोना सम्बन्धि सचेतना ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले कोरोना भाईरस सम्बन्धि सचेतना अभियान सुरु गरेको छ । बिश्ववभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई कमगर्न पुर्त सतर्कतता अपनाउन जिल्लामा सचेतना अभियान थालिएको हो । जिल्ला स्वास्यया सेवा कार्यालयले आईतबार जिल्ला स्तरका सरोकारवालाहरुलाई कोरोना भाईरसका बिषयमा अभिमुखीकरण तथा आगामी चैत १ गतेबाट सुरु हुने दादुरा रुबेला सम्बन्धिको खोप अभियानका बिषयमा पनि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्र्यरत डा. बिज्ञान प्रजापतीले कोरोनाको लक्षणको बिषयमा जानकारी दिदै सामान्य तया ज्वोरो आउनु, घाँटी दुख्नु स्वास प्रस्वास लिन समस्या हुने, खोकी लाग्नु जस्ता समस्या आए तत्काल स्वास्थ्य संस्थामा आएर उपचार सेवा लिन आग्रह गरे । उनले भारतमा पनि कोरोना भाईरसका बिरामीहरु पहिचान भएकाले कालिकोटबाट कालापाहाड जाने व्यक्तिहरुबाट भारसको संकर्मण हुन सक्ने बताउदै यस प्रति सबै नागरिकहरु सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमूख डा. भिष्मप्रसाद पोख्रेलले कुनै पनि बालबालिकाहरु खोच लगाउनबाट बन्चीत नहुने गरी खोप अभियानमा सहभागी हुन आग्रह गरे । उनले आगामी चैत १ गतेबाट जिल्लाको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाँउपालिका, पचालझरना गाँउपालिका र पलाँता गाँउपालिकामा पहिलो चरण खोप अभियान संचालन गर्ने र दोस्रो चरणमा चैत १५ गतेबाट जिल्लाका तिलागुफा नगरपालिका, नरहरीनाथ गाँउपालिका, महाँवै गाँउपालिका र शुभकालिका गाँउपालिकामा खोप अभियान संचालन गर्ने जानकारी दिए । कार्यक्रममा समन्वय समितिका प्रमूख अनीपाल शाहीले कोरोनाबाट जोगिन पुर्व सचतेना तथा दादुरा रुबेला खोप अभियान प्रभावकारी बनाउन जिल्लाका सबै सरोकारवाला निकायहरु सक्रिय हुनुपर्ने बताए । उनले त्यसका लागि सबै तयारी गर्न जुट्नु पर्ने बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जिल्लाका सार्बजानिक स्थान तथा मुख्य आवतजावत गर्ने स्थानहरुमा कोरोना भाईरस सम्बन्धि सचेतनाका पोष्टरहरु टासिएको जानकारी दिए । उनले कोरोनाको बिषयमा जानकारी र यसबाट जोगिन अपनाउनुपर्ने उपायहरुका बिषयमा आम नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए । उनका अनुसार कोराना भाईरसका लक्षणहरु र बच्ने उपाय उल्लेखित पोष्टरहरु मान्म बजार तथा राजमार्ग केन्द्रीय टासिएका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्था तथा पालिकाहरुलाई पनि कोरोना सम्बन्धि सचेतना जोगाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *