See दिने बिद्मार्थीहरुलाई उत्कृष्ट अंक ल्याउन कर्णाली प्रदेश सभा सदस्य शाहीको आग्रह ।

कर्णाली प्रदेश सभा ससदस्य कुर्मराज शाहीले see दिने बिदार्थीहरुलाई उत्कृष्ट अंक ल्याउने गरी तयारी गर्न आग्रह गर्नुभएको छ । एटुजेट ट्युशन सेन्टर कालिकोटले आयोजना गरेको एसएलसी दिने बिद्यार्थीहरुलाई बिदाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले अहिलेका see दिने बिद्यार्थीहरुको काँधमा जिल्लाको भबिश्य रहेको बताउदै चिट चोर्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले अहिलेको घोकन्ते शिक्षा भन्दा प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खुला बिश्वबिद्यालयको अभ्यासलाई पछ्याउदै बिद्यार्थीले फिल्डमा गरेर सिक्ने बाताबरण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले कितावमा दुधका परिकार के बनाउन सकिन्छ भनेर घोक्नु भन्दा भैैसी पालेर दुध दोहेर आफै परिकार बनाउने गरी सिकाई हुनुपर्ने बताउनुभयो । अहिलेको शिक्षाले ढुंगा हान्ने जनशक्ती मात्र उत्पादन गरेको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाँउलेले गुणस्तरी शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले बजारमा बिक्ने शिक्षा आर्जन गर्न बिद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव तथा प्रदेश सभा खका पार्टी सभापती दमनबहादुर शाहीले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन मुख्य आवश्यकता रहेको बताउनुभयो ।

उहाँले एसएलसी दिने बिद्यार्थीहरुलाई शुभकामना दिदै पछिल्लो समय खस्किदै गएको शैक्षिक गुणस्तर सुधार गर्न सबै सरकोरावालाहरुले चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, तिला कर्णाली बहुमुखी क्याम्पसका सभापती भिमप्रसाद आचार्य, कर्णाली जेसिजका अध्यक्ष सबिन बिष्ट लगायतका वक्ताहरुले see दिने बिदार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *