नरहरीनाथ गाउपालीकाको वडा न १ धारीमा गाडी पुग्यो

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका सडक संजालले छुन सकेको थिएन । स्थानिय सरकारको चुनाव हुँदा विभिन्न किसीमका आसवासन देखाउदै खानेपानी,विद्युत,सडक,शिक्षा लगाएत भौतिक पुर्वाधारका क्षेत्रमा राम्रो काम गर्ने प्रतिवद्धता विभिन्न पार्टीलेहरुले गरेपनी खास्सै राम्रो काम हुन सकेको थिएन । चुनाव लड्दा गरेका कतिपय प्रतिवद्धताहरु विलय भए । तर लामो समयपछी विकासिय दृष्ट्रिकोणले फड्को मादै नरहरीनाथ गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। नरहरीनाथ गाउपालीका अध्यक्ष बिष्टले अबका दिनहरुमा नरहरीनाथ गाउपालीका जनताले यातायतको क्षेत्रमा राहत महसुस गर्ने विश्वास गरेका छन्।लालीघाट बजार देखि वडा नम्बर १ धारीमा गाडि पुगेको बताए ।

कालिकोटका ९ वटा स्थानिय तहहरु मध्ये नरहरीनाथ गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकता दियो । भौगोलिक विकटता रहेको नरहरीनाथ गाउँपालिकाका गाँउहरुमा सहजै सडक पु¥याउन भने सकिने अवस्था थिएन । सडक संजाल लगाएतका विभिन्न विकासिय योजनाहरुमा पालिका सरकारले ध्यान दिएपनी विकास गर्न भने अप्ठारो रहेको पालिका अध्यक्ष धिर बहादुर बिष्टले बताउनु भयो । सवै विकासिय योजनाहरुलाई उत्तिकै प्राथमिकतामा राख्दै स्थानीय सरकार गठनपश्चात गाउँमा सडक पु¥याउने योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष बिष्टले बताएका छन् । उनले भने पालिकाका सवै वडा र वस्ती वस्ती मा आफ्नै पालामा सडक संजाललाई जोड्छु , जनतालाई सहजता बनाउछु बिष्टलेबताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *