रानीरडा खानेपानी तथा सरसफाई याेजनाकाे नरहरिनाथ गाउँपालिकाकाे वडा नं. ९माअनुगमन

नरहरिनाथ गाउँपालिकाकाे वडा नं. ९ स्थित रानीरडा खानेपानी तथा सरसफाई याेजनाकाे अनुगमन गरिएकाे छ ।एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम (वार्म – पी) हेल्भेटास/ स्वीसइन्टरकाेअपरेशन नेपालकाे अर्थिक सहयाेग र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकाेटकाे प्राविधिक सहयाेग र सामाजिक परिचालनमा रानीरडा खानेपानी तथा सरसफाइ याेजनाका अध्यक्ष कबिराज बिष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका स्थानीय  जनप्रतिनिधि, हेल्भेटास स्वीसइन्टरकाेअपरेशन नेपाल, हुरेन्डेक नेपाल र उपभोक्ता समितिका पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन समेत गरेका थिए ।नरहरीनाथ गाउपाली वडा ८ र ९ मा ३८२ घरधुरिमा खानेपानी निर्माण को योजना तिब्र रूपमा बढी रहेको देख्दा खुसी लाग्यो । अध्यक्ष बिष्टले रफ्तारमा काम अगाडि बढाइ समयमै काम सम्पन्न गर्न उपभोक्ता समिती लाई सुझाब सल्लाह दिनु भयो

अनुगमनमा उपाध्यक्ष  बुढाले, इन्टेक निर्माण गरि मुख्य पाइप लाइन बिस्तार गर्नुपर्ने, सरसफाइकाे काम गर्नुपर्ने, बनेका संरचनाहरुमा अझै गुणस्तरीय कार्य गर्नका लागि केही सुधार गरिनुपर्ने, चाङ् जुठ्ठान फाेहाेर खाडल तथा बाटाेघाटाेलाई सरसफाइकाे कार्यलाई दुरुस्त अघि बढाई पुर्ण सरसफाइकाे तयारी गरिनुपर्ने जस्ता सुझावहरु साे रानीरडा खानेपानी तथा सरसफाई याेजनालाई दिईएकाे छ उपाध्यक्ष मनशोभा बुढा,ले बताउनु भयो ।

गाउँपालिकाका   वडा नं. ८ का वडा अध्यक्ष लाेकबहादुर बिष्ट र स्थानीय जनप्रतिनिधिहरुदारा अनुगमन गरिएकाे हाे ।  हेल्भेटास नेपालकाे अायाेजना र हुरेन्डेक नेपालकाे सामाजिक सहजिकरणमा साे कार्यक्रम गाउँपालिकाकाे वडा नं. २ , ३ र ९ मा र जिल्लाकाे शुभकालिका गाउँपालिकाका  खानेपानी तथा सरसफाई याेजनाकाा उपभाेक्ता  समितिका पदाधिकारीहरु समेत साे तालिममा  सहभागी भएका छन् । खानेपानी तथा सरसफाई याेजनाकाे दिगाेपना ग्रामिण मर्मत संभार कार्यकर्ताकाे सपना भन्ने मुल नाराका साथ खानेपानी सम्बन्धि   ग्रामिण मर्मत संभार कार्यकर्ता तालिमको ब्यवस्था गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *