मुम्रामा गाडी पुग्यो स्थानिय खुशि प्रत्येक टोलमा गाडि पुर्याउने शाहीको प्रतिबद्धता
कालिकोट जिल्लाको सान्नि त्रिवेणि गाउपालीका अन्तरगतका सवै वडामा ग्रामिण रोडको पँहुच पुगेको छ । गाँउपालिकाको वडा नम्बर ७, ८ र ९ अन्तर्गत रहेको साविकको मुम्रा गाविसमा आइतबार औपचारिक रुपमा गाडी पुगेपछि स्थानियले खुशिका पुष्प गुच्छा र शिन्दुर पोकाले स्वागत गरेका छन् । पार्टिको चुनावि घोषणा पत्रमा उल्लेख भय अनुसार स्थानिय तहको चुनाव सम्पन्न पश्चात पहिलो गाउ सभामा गाउपालीका अध्यक्ष डम्वर बहादुर शाहीले पहिलो प्राथामिक्तामा ग्रामिण रोडनै पहिलो एजेण्डा राखेपछि प्रत्येक वडामा तोकिएको समयमा गाडि पुर्याउनु भनेको आफु सफल भयको गाउपालीका अध्यक्ष शाहीले बताए ।
स्थानीय तहको निर्वाचनपछि आफूहरूले सडकलाई पहिलो प्राथमिकता राखेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानि, बिद्युत्त, पर्यटन लगाएतका बिषयहरु दोस्रो प्राथामिक्तामा राखे अनुसारनै गाउँपालिकाका सबै वडाहरुमा गाडी र्पुयाउने पुर्व निर्धारित तोकिएको समय अनुसारनै मुम्रामा गाडी पुर्याइएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीको भनाई थियो ।‘स्थानीय सरकार बनेदेखि नै मैले पहिलो प्राथमिकतामा सडकलाई राखेको थिएँ ।’ उनले भने,‘मेरो कार्यकालमा सबै वडामा गाडीको सहज पहुँच र्पुयाउने लक्ष्य राखेको छु । त्यो अब पूरा हुदै गयको छ ।’
सान्नि त्रिवेणि गाउपालीकाका सबै वडाहरुमा सडक पुगिसकेको हुँदा आगामि दिनमा सडकको स्तरोन्नति गर्दै प्रत्येक बस्तीमा सडक छुवाउने गाउपालीकाको योजना रहेको अध्यक्ष शाहीले भने । कालीकोट जिल्लाको एक मात्र धाम लाग्ने पर्यटकिय स्थल बडिमालिकामा जाने एक मात्र केन्द्ररुमा रहेको प्रवेश द्धवार मुम्रामा गाडि पुगेपपछि आन्तरिक तथा बाह्य पर्यटक तथा तिर्थालु भक्तजनहरुलाई सहज हुने नेपाल कम्यूनिष्ट पाटि (नेकपा) सान्नि त्रिवेणिका अध्यक्ष मोहन केसिले बताए ।
गाँउ सम्म स्थानिय ग्रामिण सडक निर्माण भई गाडि सरर गुड्ने भयछि स्थानीय उत्पादन बजारसम्म निर्यात गर्न र बजारबाट गाउँमा सामान आयत गर्न सजिलो हुने भयको भन्दै स्थानियहरुले गाउपालीका अध्यक्ष शाहीलाई धन्यबाद दियका छन् । ‘अब गाउँमा उत्पादन भएको तरकारी, खाद्यबाली लगायतका सामान बजारमा पुर्याउन सजिलो हुने भएको छ,’ उनले भने,‘बजारबाट गाउँमा सामान ल्याउन पनि सजिलो हुनेछ ।’आशा छ जिल्ला प्रसाषन कार्यालय कालीकोट लगाएत अन्य सरोकारवालाहरुको यो अनुगमन पछि छिट्रै अनुमति प्राप्त गरि गाउपालीकाको म्रम्रा र मेहलमुडि सम्म गाडि सञ्चालनमा आउनेछन् ।
उक्त ग्रामिण रोड अनुगमनका लागि राष्कोट नगरपालीका मेयर काशिचन्द्र बराल, गाउपालीका अध्यक्ष डम्वर बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, नगर उपप्रमुख मिमसरा शाही बम, नेकपाका नगर कमिटि अध्यक्ष धर्मराज शाही पोषण, प्रहरि प्रमुख डिएसपि श्यामबाबु ओलिया, कर्णाली करिडोरका सह सेनानि लगाएत पत्रकार महाँसंघका प्रदेस सचिव पवित्र शाही, बिष्नु न्यौपाने लगाएतको टोलिले रास्कोट देखि मुम्रासम्मको सडक र सान्तिघाट देखिको मेहलमुडि सम्मको सडक अनुगमन गरेको छ ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारिले ग्रामिण सडक निर्माणको क्रममा मोड मोडमा केहि कठिनाई भएपनि अन्य सडक राम्रो रहेको भन्दै गाउपालीकाका जनप्रतिनिधि तथा निर्माण समिति र कामदारलाई यसरि बिकास गरे नेपाल सरकारको तय गरेको समृद्ध नेपाल शुखि नेपालीको नारा पुरा हुने आफुले बिश्वास लियको बताए ।