कोरोना भाइरस रोग सम्बन्धि पलाँतामा जनचेतनामूलक कार्यक्रम

नमराज न्यौपाने
पलाता गाउपालीका

कालिकोट जिल्ला पलाता गाउपालिका स्वास्थ्य शाखाले सरस्वती मा बि थिर्पुमा बिधालय स्वास्थ्य अन्तर्गत कोरोना भाइरस सार्सने रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको साखा प्रमुख हिमाल संज्यालले बताए । उक्त रोग कसरी सर्छ बच्ने उपाय उपचार बारे सम्पूर्ण बिद्यार्थीहरु लाई जानकारी गराइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा सह संयोजक सि अ न मि किस्मता बम र पलाता १५ शैय्या अस्पताल प्रमुख बिनोद कुमार न्यौपानेले समेत सहजीकरण गरेका छन । शिक्षक बिद्यार्थी को बिचमा कोरोना भाइरस ९सार्स० को चर्चा परिचर्चा गरिएको छ । यश रोग बाट वच्न निम्न उपाएहरु अपनाउन समेत अनुरोध गर्दै सहजीकरण गरिएको छ । अरु सङ्ग हात नमिलाइ दिलखोलेर नमस्कार गर्ने अङकमाल नगर्ने , मास्क प्रयोग गर्ने , भिड्भाड्मा नजाने , उमालेको शुद्धपानी पिउने, रुघाखोकी को लक्षण देखिएमा तुरुन्त स्वास्थ्य सस्था आउने , हाइजिनिक शुद्धखाना खाने इत्यादी र दादुरा रुबेला खोप अभियान र रेबिज , सर्पदन्स इन्फ्लुएञ्जा , वर्ड्फ्लु , तथा विभिन्न सरुवा रोग सम्बन्धि एक दिने स्वास्थ्यकर्मी हरु लाई अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको स्वास्थ्य साखा पलाता ले जानकारी दिएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छाले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष बमले औषधिको अभाव नहुन र गाउँ गाउँ टोल टोलमा गएर स्वास्थ्य सस्थामा आउन नसक्ने जेष्ठ नागरिक ,घाइते अपाङ्ग , बृद्व बृद्वा हरुको नियमित स्वास्थ परिक्षण गर्न सम्पुर्ण स्वास्थ्यकर्मी हरुलाइ निर्देशन दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *