महावै गाउपालीकाको वडा १ कतमपुरमा गाडि पुग्यो

जिल्लाको महावै गाउपालिका वडा १ हिजो एक कार्यक्रमका विच सडकको उद्घाटन गरीएको छ । महावै गाउपालीका वडा नंः १ का वडा अध्यक्ष मनराज शाहिको अध्यक्षता कर्णाली प्रदेशका प्रदेश सांसद कर्मराज शाहिको प्रमुख आतिथ्यता,महावै गाउपालीका का अध्यक्ष नन्दवहादुर सिह र उपाअध्यक्ष मनराज शाहिको विषेश आतिथ्याता महावै गाउपालीका वडा नंः१ कदमपुरको आईतवार एक कार्यक्रमको आयोजना गरी सडकको उद्घाटन गरीएको छ । ३५ लाख लागत निर्माण गरीएका ३२ सय मिटर सडकको कर्णली प्रदेशका माननिय सांसद कर्मराज ले आइतवार एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । समाज सेवि मदन राज शाहिको विषेश महलमा पहिलो पटक महावै गाउपालीका को वडा १ कदमपुरमा गाडि गाडि पुगको छ । समाज सेवि मदन राज शाहिले गर्दा वर्षाै देखि देख्दै आएका कदमपुर वासिको सपना पुरा गर्दा आफहरु निकै खुसि भएकोे ७० वर्षिया भक्त वहादुर शाहिले वताउनु भयो । कार्यक्रमा बोल्दै समाज सेवि मदनराज शाहिले आप्नो ब्यक्तिगत लगानिमा निर्माणा गरीएको ३२ सय मिटर सडक मध्य १५ सय मिटरको रकम अझै पनि पाउन वाकि रहेका वताउनु भयो ।

उक्त सडक उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका माननिय सांसद शाहिले जनता आफुले निर्वाचनको वेला गरेका सवै । वचनहरु पुरा गरेको दावि गर्नुभएको छ । अझै पनि यहाँका जनताका विकाश निर्माणका हरेका ईच्छा ,चाहाना पुरा गर्न आफु लागि पेरको स्पस्ट पार्नुका साथै आफुलाई अमुल्य भोट हालेर विजय गराउने यहाँका स्थानिय वासिको माननिय नभइ नोकर भएको बताउनुभयो छ । २०६३ सालमा उद्घाटन भएको बन्चुखोला लघुजलविद्युत आयोजना किन अहिले सम्म अलपत्र परेको भनि सहभागिको जिज्ञाशामा माननिय सांसद शाहिले वोल्दै यो आउने वर्षमा ५५ लाख रकम कर्णाली प्रदेश सरकार वाट छुटउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । साथै सडक उद्घाटन कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष सिहले सिगाँे स्थानिय सरकारले गर्न नसकेको कुरा एक जना समाज सेवि हदन शाहिले गर्दा आफु निकै खुसि भएको वताउनु भयो । अवको आउने नयाँ वर्ष २०७७ साल बैसाख १ गते जसरी पनि गाउपालीकाको कार्यलय पादमघाटमा गाडि पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुका साथै यसमा सवैले साथा र सहयोग गर्न आग्रह समेत गर्नुभयो । सडक उद्घाटन समापन कार्यत्रममा वोल्दै वडा नं १ वडा अध्यक्ष मनराज शाहिले अवका हरेको कुरामा स्थानिय सरकार गाउमा आएका जनतालाई महुशुस गराउने वताउने भयो । साथै अवको आउने नर्या वर्षको साउनमा एक जना अनमि र एक जना अहेव को नियुक्ति गर्ने स्पस्ट पार्नु भायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *