१५ सैया अस्पतालको अध्यक्ष बम द्धारा भवनको शिलान्यास ।

कमल कुमाल

जिल्लाको पलाँता गाउँपालिकामा १५ शैयाको अस्पताल सिलान्यास गरिएको छ । सरकारले हरेक स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने नीति लिए अनुसार पलाँता गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शैया अस्पतालका लागि ५ रोपनी जग्गा पास गरी भवनको सिलान्यास गरेको हो । पलाँता गाउँपालिका वडा नं. ९ थिर्पुमा बुधबार एक कार्यक्रमका बीच १५ शैया अस्पतालको सिलान्यास गरिएको हो । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँमा सिंहदरबार आएको महसुस गराउन गाउँपालिकामा १५ शैया अस्पताल निर्माणको सुरुवात गरिएको बताए । उनले आफुहरुले स्थानिय निर्बाचन सम्पन्न भएलगत्तै प्रक्रिया सुरु गरेको उक्त अस्पताल जग्गाको समेत व्यवस्था गरी निर्माणको थालनी गरेको बताए ।

उनले भने, पलाँता गाउँपालिकले जिल्लाका अन्य स्थानिय तह भन्दा अगाडी कामको गति बढाएको छ । । अबको १५ दिनभित्र टष्टवाला ८ कोठे भवन निर्माण गरिसक्ने लक्ष्य छ । भवनका लागि आवश्यक सामाग्रीहरु गाउँपालिकामा पु¥याईएको छ । गाउँपालिकाले ८ कोठे भवनका लागि ८० लाख बजेट छुटाएको छ भने कर्णाली प्रदेश सरकारबाट ४० लाख बजेट प्राप्त भएको छ । त्यो बजेटबाट थप ४ कोठे भवन निर्माण गरिने छ । गाउँपालिका अध्यक्ष बमले फागुन महिना भित्रै अस्पतालको भवन निर्माण गरेर कर्मचारी छनोट गरी अन्य व्यवस्थापन गरी आगामी नयाँ बर्ष बैशाख १ गते सेवा सुरुवात गर्ने बताए । उनले भने, १५ शैया अस्पतालकै लागि गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर सहित ३२ जना कर्मचारीको लागि बिज्ञापन समेत गरेको छ । १५ शैया अस्पतालमा ३ जना बिशषेज्ञ डाक्टरहरुको दरबन्दी हुन्छ ।गाउँपालिकाले तीन जना डाक्टरहरु आर्थिक हिसावले व्यवस्थापन गर्न नसक्ने भएकाले एक जना कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट र एक जना जिल्लाबाट काजमा ल्याउने तयारी छ । पलाँता गाँउपालिका उपाध्यक्ष दाना न्यौपानेले आगामी बैशाख १ गतेबाट पलाँताका हरेक नागरिकहरुले सामान्य उपचारका लागि जिल्ला धाउनुपर्ने समस्याको अन्त्य हुने बताईन् ।

पलाँता गाउँपालिका वडा नं. ७ का ब्रजबहादुर बमले पलाँतामै १५ शैयाको अस्पताल निर्माण भएपछि आफुहरुलाई ठुलो राहत हुने बताए । उनले भने, गाउँमा पहिले सिटामोलको अभाव हुन्थ्यो । स्थानिय सरकार संचालन भएपछि सिटामोलको अभाव भएन ।पलाँता गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष टक्कबहादुर बमले पलाँता गाउँपालिकाले सहित सप्ताहाको सुरुवातीको दिन अस्पताल सिलान्यास गरेको बताए । पलाँता गाउँपालिका निमित्त प्रमूख प्रशासकिय अधिकृत राजबहादुर बमले ६ करोड लगानीमा निर्माण हुने १५ शैयाको अस्पताल अहिले सेवा सुरुवात गर्नका लागि गाँउपालिकाको ८० लाख र प्रदेश सरकारको ४० लाख गरी एक करोड २० लाखमा १२ कोठे भवन निर्माण गरी सेवा सुरुवात गर्न लागिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *