कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा नं ७ मा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न।

कमल कुमाल 
कालिकोट जिल्ला पलाँता गाउँपालिका वडानं ७ ले २०७६।१०।११ गते सनिवार वडापालिकाले सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा वडानं ७ भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजीवी, व्यापारी लगायत वडानं ७ निवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा वडाको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम वडानं ७ का वडाअध्यक्ष बर्ज बहादुर बमको सभापतित्वमा सम्पन्न भयो । सहजिकरण रेडीयो पलाँता आवाज १०३.६ मेगाहर्जले गरेको थियो ।

चालु आर्थिक बर्ष २०७६÷०७७ को योजना तथा कार्यक्रमको प्रगति जनचासोलाई दृष्टिगत गरी पलाँता गाउँपालिका वडा नम्बर ७ स्थित दुर्सीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडापालिकाले चालु आर्थिक बर्षको प्रगतिको अवस्था र आगामी आर्थिक बर्ष हुने योजना र कार्यक्रमलाई सहयोग पुग्नेगरी सार्वजनिक सुनुवाई आयोजना गरेको हो । वडापालिकाबाट प्रवाह भएका सेवाहरु के भइरहेको छ रु जनताको मत के छ रु आगामी दिनमा सुधार गर्न सकिने बिषयबस्तु र चालु आर्थिक बर्षमा गाउँपालिकाको योजना तथा कार्यक्रमको अवस्था बुझ्न सार्वजनिक सुनुवाई गरीएको वडा सहायक कलम बमले बताउनु भयो । वडा पालिकाका सामाजिक विकास वडाअध्यक्ष बमले विकास गर्दा बिनास हुने अवस्था ल्याउन नहुनेमा जोड दिए । दैनिकर मा बि का शिक्षक कर बहादुर बमले राज्यका निकाय पारदर्शी, जवाफदेही र जनताप्रति बफादार हुनुपर्ने बताए । सार्वजनिक सुनुवाईले जनतालाई विकासप्रति चासो जगाउने र उपभोक्ता समिति तथा ठेकेदारलाई कामप्रति जिम्मेबारबोध गराउनेमा जोड दिए ।

पलाँता गाउँपालिका वडा नम्बर ७ का नर्जन शाहीले घरबार नै छाडेर हिड्नुपर्ने अवस्थाले विकासको अनुभुति नै नभएको गुनासो गर्दै । कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीले आ–आफ्नो योजनाको बारेमा जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक बजेट, वित्तिय प्रगती, आन्तरिक आय, योजनाको प्रगति, न्यायिक सुनुवाई, सामाजिक सुरक्षा भत्ता, शिक्षक पदस्थापन, वडामा स्वास्थ्य क्षेत्रका ससर्त कार्यक्रम, कृषि विकास, पशुपंक्षि विकास, वडापालिकाले गरेका महत्वपूर्ण सम्झौता तथा निर्णयहरु, पुननिर्माणका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *