कालिकोटका बिरामीलाई उपचारको पहुँचमा ल्याउन एम्बुलेन्स हस्तान्त्रण।

मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ४ निवासी नोबेल मेडिकल कलेज बिराडनगरका संचालक डा. शुनिल शर्माले कालिकोटवासीलाई उपहार स्वरुप एम्बुलेन्स दिएका छन् । मधेशको जिल्ला मोरङमा जन्मीएपनि कालिकोटबाट एसएलसी उतिर्ण गरेका डाक्टर शर्माले नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा आफुले एसएलसी हासिल गरेको जिल्लालाई उपहार स्वरुप एम्बुलेन्स दिएका हुन् । डाक्डर शर्माले कालिकोटमा रगत दानसँग सम्बन्धित काम गर्न समाजसेवी युवाहरुद्धारा संचालित पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनद्धारा सिंचालन गर्ने गरी आफ्नो भाग्य कारीदिने कालिकोटलाई एम्बुलेन्स उपहार दिएका छ् । शनिबार जिल्ला सदरमुकाम मान्ममा एक औपचारकि कार्यक्रमको आयोजना गरी एम्बुलेन्सको चाबी हस्तान्त्रण गरेको छ ।

उनले आफ्नो भबिष्य निर्माण गर्ने कालिकोटका बिरामीलाई सहज रुपमा उपचारको पहुँचमा ल्याउन एम्बुलेन्स, प्राबिधिक शिक्षा बिडिएस २ जना, स्टाफ नर्स सहित पारामेडिक ५ जना गरी ७ जनालाई पुर्ण छात्रबृति, एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन फ्रि गर्ने घोषणा समेत गरेका छन् । उनले घोषणा गरेको बिडिएस पढ्न सरकारी शुल्क २ जनाका लागि ४० लाख, स्टाफ नर्स सहित पारामेडिक ५ जनालाई ५० लाख, जटिल प्रकृतिका एक सय अप्रेशनका लागि ५ करोड गरी झण्डै ६ करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफु पढेको पंचदेवल माध्यामिक बिद्यालय मान्ममा विपन्न बिद्यार्थीलाई छात्रबृतिका लागि एक लाखको अक्ष्यकोष पनि स्थापना गरेका छन् । पृथ्वी रक्तदान तथा बिर फाण्डेशनका अध्यक्ष रमित मल्लको अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्त्रण कार्यक्रममा डा. शर्माले भने म पनि निकै बिपन्न परिवारमा जन्मीए ।  जतिबेला दुर्गमबाट एसएलसी गरेका बिद्यार्थीहरुले डाक्टर पढ्नका लागि छात्रबृति पाउने रहेछन् । उनको बाल्यकालको डाक्टर बन्ने सपना पुरा गर्न साथीको सहयोगमा कालिकोट आए । उनी पढाईमा निकै लगनशील थिए । पंचदेवल माध्यामिक बिद्यालयबाट २०५९ सालमा एसएलसी दिएका डा. शर्माले प्रथम श्रेणी ल्याएर कर्णाली अञ्चल प्रथम भए । जसका कारण उनले एमबिबिएस डाक्टर पढ्नका लागि चिनमा छात्रबृति पनि पाउन सफल भए । कालिकोटबाट एसएलसी उतिर्ण गरेको २६ बर्ष पछि जिल्ला फर्किएका डा. शर्माले कालिकोटलाई ठलो सहयोगको घोषणा गरे ।  उनले छारासँग मितेरी लगाएको डा. शुनील शर्माले जिल्लाका विकट बस्तीबाट जिल्ला अस्पतालसम्म बिरामी बोक्ने एम्बुलेन्स, ७ जना बिद्यार्थीलाई प्राबिधि शिक्षा पढ्न छात्रबृति लगायतका सहयोगले आफ्नो शिर ठुलो भएको बताए । उनले डा. शुनील शर्मालाई आश्रीबाद पनि दिए । कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाँउलेले जिल्लामा एम्बुलेन्स सेवा नहुदा १६ बर्ष भन्दा माथिका अधिकांश युवाहरु एम्बुलेन्स बन्ने गरेको बताउदै डा. शुनील शर्माले प्रदान गरेको एम्बुलेन्सले ठुलो राहत दिने बताए ।

। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दमनबहादुर शाही, प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पृथ्वी रक्तदान बिर पाउण्डेशनका उपाध्यक्ष धर्मराज शाही लगायतका वक्ताहरुले कालिकोटका चेला डा. शुनिल शर्मालाई सम्मान व्यक्त गरे । कार्यक्रममा पृथ्वी रक्तदान बिर फाउण्डेशनले एम्बुलेन्स दान गर्ने दाता डा. शुनील शर्मा, पहलकर्ता नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, जिल्ला अस्पतालमा कार्यरत सहयोगी डाक्टरहरु बिज्ञान प्रजापती, भिष्म पोख्रेल, सहयोगी खडगजंग शाही, रक्तदानमा सहयोग गर्ने नेपाली सेनाको गुल्म रणसुर गुल्मपती मेजर उत्तम कटुवाल, सबै भन्दा बढी रक्तदान गर्ने बिष्ण न्यौपालने लगायतका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *