स्वास्थ्य रुपान्तरण परियोजनाले १५ देखि २४ बर्ष उमेरका किशोरिहरुको जिबनमा परिवर्तन ल्याएको अध्यक्ष पाण्डेको भनाइ ।

सेभ्द चिल्डेन किर्डाक नेपाल द्वारा सञ्चालित नेपाली युवाहरूकालागि  स्वास्थ्य रुपान्तरण परियोजनाले १५ देखि २४ बर्ष उमेरका किशोरिहरुको जिबनमा परिवर्तन ल्यायको नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले बताउनु भयो । नेपाली यूवाहरुका लागि स्वास्थ्य रुपान्तरण परियोजना सम्वन्धि जिल्ला स्थित पत्रकारहरुलाई जानकारि आदान प्रदान कार्यक्रममा सो कुरा बताउनु भयको हो । किशोरिहरुलाई प्रजनन अबश्थाका बारेमा जानकारि दिनका लागि सञ्चारकर्मिहरुले खेल्नु पर्ने भुमिका यस समाजका लागि र बालीकाहरुलाई लागि महत्वपूर्ण हुने भयकाले परियोजनाका बारेमा पत्रकारहरुलाई जानकारि गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपालको समन्वय र नेपाल पत्रकार महाँसंघ जिल्लाका शाखा कालीकोटको आयोजनामा सञ्चालन भयको कार्यक्रममा जिल्ला स्थित छापा तथा बिद्युतिय सञ्चार माध्यममा कार्यरत कर्मचारिहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा सञ्चालन भयको कार्यक्रममा नेपाल पत्रकार महाँसंघका प्रदेश सदस्य बिष्नु न्यौपाने, नेपाल पत्रकार महाँसंघ कालीकोटका सल्लाहाकार काली बहादुर मल्ल, प्रेस संगठनका अध्यक्ष भरतराज बिष्ट लगायतको उपश्थितिमा कार्यक्रम सम्पन्न भयको हो । परियोजनाका बारेमा सेभ द चिल्ड्रेनका खडक कार्कि र परियोजना संयोजक अमर शार्कि र मिल अधिकृत रविन कोइरालाले परियोजनाका बारेमा बिस्तृत जानकारि गराउदै परियोजना लागु भयको नगर र गाउपालीकाका १५ बर्ष देखि २४ बर्ष उमेरका किशोरिहरु प्रजनन स्वास्थयका बारेमा स्पष्ट भयको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *