बालिकाहरुका लागि बाल पत्रकारीता तालिम कालिकोटमा शुरु

कमल कुमाल

बालिकाहरुका लागि बाल पत्रकारीता तालिम आज मान्ममा शुरु भएको छ । पत्रकार महासंघ साखा कार्यलय कालिकोटको आयोजना र सेभ्द चिल्डेन र किर्डाक नेपाल कालिकोटको आर्थीक सहयोगमा ५ दिने बाल पत्रकारीता तालिम सुरु भएको हो । ५ दिने तालिममा सुभकालिका गाउपालिकाका र तिलागुफा गाउपालिकाका १९ जना बालिका र जिल्लामा रहेका महिला पत्रकारहरुलाई पत्रकारीताको आधारभुत ज्ञान पत्रकारीकाका माध्यमहरु के के हुन र तिनको उपयोगीताको बारेमा सिकाइने । कालिकोट जिल्लामा रहेकाका किशोरीहरुका जल्दोबल्दो समस्यालाई समाधान गर्ने उद्देश्यले यो तालिम संचालन गरीएको हो । पत्रकार माहासंघका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता ,सामुदायिक सुचना नेटर्वकका गोविन्द खड्का,विविसि नेपालि सेवा जुम्लाका संवाददाता कृष्णमा उपाध्याय, एडभोकेसि कोडिनेटर श्रृजन अधिकारि,सेभ द चिल्ड्ेनका जिल्ला संयोजक वाले विश्वकर्मा ,पत्रकार माहाँसंका प्रेस सल्लाहकार कालिबहादुर मल्ल ,डकुमेन्टि निर्मला थापा लगाएतको सहभागितामा तालिमको उध्घाटन गरिएको हो । कार्यक्रमको उद्देयश्यमाथि प्रकाश पार्दै प्रशिक्षक गोविन्द खड्काले समाजमा रहेका क्ुरिति कुसंस्कारको अन्ते गर्न र बालिकाहरुलाई आफ्नो अधिकार जान्नका लागि वेसिक पत्रकारिता तालिम दिन लागिएको वताउनु भयो । त्यस्तै पत्रकार माहाँसंघका अध्यक्ष तुलाराम पाण्डेले केहि नयाँ कुराहरु सिकेर व्यवहारिक जिवनमा लागु गर्न आग्रह गर्नु भयो । ५ दिन सम्म संचालन हुने तालिमको सहजिकरण ,सामुदायिक सुचना नेटर्वक सिआइएनका बरीष्ठ पत्रकार गोविन्द खड्का, विविसि नेपालि सेवा जुम्लाका संवाददाता कृष्णमाया उपाध्याय,एडभोकेसि कोडिनेटर श्रृजन अधिकारि, र सेभ द चिल्ड्ेनका जिल्ला संयोजक वाले विश्वकर्मा ले गर्नहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *