नेपाली सेना दिवसको अवसरमा कालिकोटमा बृृक्षरोपण

कमल कुमाल
कालीकोट

नेपाली सेना दिवसका अवसरमा कालिकोटमा बृृक्षरोपण गरिएको छ । नेपाली सेनाको रणसुर गुल्म कालिकोटले नेपाली सेना दिवसका अवसरमा सेनाको व्यारेक भित्रै स्याउको बगैचा निर्माण गर्न बृक्षारोपण गरिएको हो । रणसुर गुल्मले नेपाली सेना दिवस साताव्यापी बुधबार जिल्लाका बिभिन्न सरकारी कार्यालय प्रमूख, गैरसरकारी निकाय, नागरिक समाज बुद्धिजीवी र नेपाली सेनाको सहभागीतामा एक सय स्याउका बिरुवा रोपेका छन् । नेपाल सरकारको एक व्यक्ति एक रुख र नेपाली सेनाको एक सिपाई एक रुख रोप्ने अभियान अन्तरगत रणसुर गुल्मले यो सिजनमा मात्र एक सय स्याउका बिरुवा रोपेको रणसुर गुल्म कालिकोटका गुल्मपती उत्तम कटुवालले बताए । उनले भने, हाम्रो गुल्म जिल्लाको अग्लो भाग हिउ जम्ने ठाँउमा भएकाले यहाँ सुहाउँदो फलफूल खेती भनेको स्याउ नै हो ।

स्याउ खेतीको संरक्षण र प्रवद्र्धन गर्न बर्षेनी एक सय बिरुवा रोप्ने अभियान अन्तरगत यो बर्ष ब्यारेक भित्र एक सय स्याउका बिरुवाको बगैँचा स्थापना गरेका छौँ । प्रत्येक बर्ष रोपेर ४ हजार ७ सय बिरुवा रोप्ने योजना छ । उनका अनुसार सैनिक ब्यारेकमा स्याउ बगैँचा निर्माण गर्न स्याउ रोपिएको हो । जहाँ प्रत्यक व्यक्तिले आफ्नो नेमपिलेट सहित बिरुवा रोपेका छन् । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र गौतम, जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओली लगायतका सरकारी कार्यालयका प्रमूखहरु, नेपाली कांग्रेसका क्षेत्रीय सभापती दमनबहादुर शाही, भलिबलका राष्ट्रिय खेलाडी ऐनबहादुर शाही लयागतका व्यक्तिहरुले आफ्नो नामप्लेट सहित एउटा एउटा बिरुवा रोपेका छन् । उनीहरुले आफुले रोपेको बिरुवाको अवस्था बारे समय समयमा चासो राख्ने र संरक्षणका लागि पनि पहल लिने बताएका छन् । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र गौतमले नेपाली सेनाले ब्यारेक भित्रै स्याउ बगैचा निर्माण गरेर नमुना काम गरेको बताए । उनले सेनाको यस कार्यले स्थानिय नागरिकहरुलाई स्याउ खेती प्रति थप आकर्षित बनाउने दाबी गरे ।

 नेपाली सेनाले स्थानीय अनुकुलको बिरुवा स्याउ ब्यारेक भित्र रोप्नु जिल्लामा फलफुल खेती प्रबद्र्धनका लागि सकारात्मक कदम भएको नेपाली कांग्रेसका नेता दमनबहादुर शाहीले बताए । उनले सेनाले ब्यारेक भित्र स्याउ लगाएपछि स्थानिय स्याउ किसानहरुलाई पनि उत्साह जाग्ने बताए । बगैँचामा रोपिएका सबै बिरुवामा नम्बरिङ गरिएको छ । बिरुवा संरक्षणका लागि जिम्मेबारी तोकिएको छ । प्रत्यक्ष कृषि प्राविधिकको निगरानीमा बगैँचा स्थापना गरिएकाले बिरुको संरक्षण पनि कृषि प्राबिधिककै निगरानीमा हुने सेनाले जनाएको छ । पहिले रोपेका बिरुवाको पनि गोडमेल, किटनाशक औषधि लगाउने कार्य समेत गरिएको छ । बगैँचामा स्थानीय जातको रेड र गोल्डेन डेलिसियस जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर रोपिएको छ । जिल्ला कृषि विकास कार्यालय प्रमूख भरत बस्नेतले सेनाले ब्यारेक भित्र स्याउ रोप्दा स्याउ खेती प्रबद्र्धनमा ठुलो सहयोग पुगेको बताए । उनले किसानलाई तालिम दिदा नेपाली सेनाले बनाएको स्याउ बगैचाको अवलोकन गराउन सकिने बताए । उनले भने, सेनाले कृषि प्राबिधिकहरुको सल्लाह अनुसार नमुनाका रुपमा बगैचा स्थापना गरेको छ । यसलाई संरक्षण गर्न सकियो भने, जिल्लामा स्याउ खेती प्रबद्र्धनमा सेनाको ठुलो योग्दान हुनेछ । यो बगैँचालाई रेखदेखका लागि जिलला कृषि कार्यालयले पनि सहयोग गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *