तरूण दलका महासचिव शाहीको सक्रियतामा कालिकोटमा एम्बुलेन्स सेवा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पछिल्लो समय राजनीतिसंगै सामाजिक सेवामा पनि सक्रिय भएका छन् । विकट कर्णाली प्रदेशको कालिकोटका स्थानीय बिरामीलाई लक्षित गर्दै शाहीको सक्रियता र समन्वयमा प्राप्त भएको एक थान एम्बुलेन्स यहि फागुन ९ गते औपचारिक कार्यक्रममार्फत हस्तान्तरण हुने भएको छ ।

दुर्गम र अति विकट कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका बिरामीहरुलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने उद्धेश्यले नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्माको सहयोगमा प्राप्त एम्बुलेन्स कालिकोट जिल्ला अस्पतालका समन्वयमा पृथ्वी रक्तदान फाउन्डेसन कालिकोटलाई हस्तान्तरण गर्न लागिएको नेपालबहस डटकमसँगको कुराकानीमा महासचिव शाहीले बताए । तरूण दलका महासचिव शाहीको सक्रियतामा कालिकोटमा एम्बुलेन्स सेवा

नेपाली कांग्रेस कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार समेत रहेका शाहीले जिल्लाको नाजुक स्वास्थ्य स्थिति र विकासका लागि रचानात्मक कार्य गर्दै आइरहेको बताएका छन् । विकासका दृष्ट्रिकोणले निकै दुर्गम कालीकोटमा आफ्नो अनुरोधमा प्राप्त एम्बलुेन्स हस्तान्तरण गर्न त्यसतर्फ प्रस्थान गरेको बताएका छन् ।

तरूण दलका महासचिव शाहीको सक्रियतामा कालिकोटमा एम्बुलेन्स सेवा महासचिव शाही भन्छन्, ” कालिकोटमा यातायातको भरपर्दो व्यवस्था छैन । यहाँ रोग,भोग र गरिबी समेत व्याप्त छ । स्वास्थ्यका दृष्ट्रिकोणले पनि कयौं रोगी बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । यस एम्बुलेन्सले त्यस क्षेत्रका नागरिकलाई राहात प्रदान हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *