स्वास्थ्य सेवाको पहुँज नपुगेका क्षेत्रका सामुदायिक नर्स कार्यक्रम लागु,

कालिकोट जिल्लाका ६ वटा गाउँपालिकामा सामुदायिक नर्स कार्यक्रम लागु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालयले कर्णाली प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य सेवाको पहँज नपुगेका गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँज पुगोस भनि सुरु गरिएको सामुदायिक नर्स कार्यक्रम कालिकोटमा पहिलो पटक सुरु गरिएको हो ।  जिल्लाका ६ वटै गाउँपालिकामा ३१ जना नर्सहरुलाई नियुक्त्ती गरि उनिहरुको क्षमता विकास सम्बन्धि तालिम दिई स्थानिय तहमा पठाएको छ ।स्वास्थ्य सुेवा कार्यलय कालिकोटले छनौट भएका स्वास्थ्य कर्मिहरुलाई दुईदिने अभिमुखिकरण गरि, उनिहरुको क्षमता विकास गरि, स्वास्थ्य सेवाको पहुँजमा नरहेका नागरिकहरुको लागि स्वास्थ्य सेवा प्रधावकारि बनाउनु अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालयका व्यवस्थापक कटक महतले जानकारि दिनुु भएको हो ।

होटल हिल साईडको सभा हलमा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्र व्यवस्थापक डा भिष्म पोख्रेलले, नेपाल सरकारको कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयले समुदायिकमा नर्श कार्यक्रम अति महत्वपुर्ण भएकाले, स्वास्थ्य सेवावाट बन्चित भएका नागरिकलाई सहित तरिकाले, सेवा दिन दिर्नेशन दिनु भयो । साथै उहाँले, अर्गानिक रैथानेवालिलार्य पनि पोत्साहन पुग्नेगरि, समुदायमा स्वास्थ्य सेवा दिनु पर्ने बताउनु भयो । अहिले सम्मकै पहिलो र महत्वपुर्ण कार्यक्रम भएकाले। यसलाई टिकाउने नटिकाउने हामिहरुकै हातमा रहेको हुनाले, कार्यक्रम प्रभावकारि बनाउने पर्ने बताउनु भयो । जिल्लामा कुनै पनि नागरिकले औषधि उपचार नपाएको मुत्यु हुन नदिन सवै स्वास्थ्य कर्मिहरुले जिम्मेवार तरिकाले सेवा दिन आग्रह गर्नु भयो । अभिमुखिकरण सम्पन्न प्रश्चात सहभागि स्वास्थ्यकर्मिहरुले, जाने सुने र सक्ने जति सेवा दिने प्रतिवद्धता जाएर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *