नरहरिनाथ गाउँपालीकामा सेनेटरी प्याड वितरण

कमल कुमाल

नरहरिनाथ गाउँपालिकामा बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएपछि यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको हो । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका अन्तर्गत आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना, स्वास्थ्य शाखाका प्रमुख अमर बटालाको अध्यक्षता,, गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको प्रमुख आथित्यता र गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको विशेष आथित्यता सेनेटरी प्याड निशुल्क गर्नका लागि सेनेटरी प्याड वितरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा गाउँपालिका भित्रका ५ वटै स्वास्थ्य चौकीका प्रमुख र ९ वटै वडाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा   सेनेटरी प्याड वितरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको हो ।

स्वास्थ्यकर्मीहरुले र महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँका महिलाहरुलाई सेनेटरी प्याडको महत्व र औचित्यका बारेमा प्रष्ट पार्न र यसको प्रयोगका लागि यो कार्यक्रमले बिशेष भुमिका खेल्नेमा प्रमुख अथिति बिष्टले विश्वास समेत व्यक्त गर्नु भयो । सेनेटरी प्याडलाई विद्यालयमा अध्ययन गर्ने किशोरी र महिलाहरुलाई सार्वजनिक स्थलहरुमा पर्ने समस्यालाई न्युनिकरण गर्ने उदेश्यले सेनेटरी प्याड वितरणको पुर्व सन्ध्यामा यो अभिमुखिकरणले गाउँका महिलाहरुका लागि राहत हुने लक्ष्य राखिएको जानकारी दिनु भयो ।


गाउँपालिका भित्रका किशोरी तथा महिलाहरु महिनावारी हुँदा बाहिरीनु पर्ने र महिनावारीको बेला अकल्पनिय घटनालाई न्युनिकरण गर्ने उदेश्यले र महिलाको आफ्नै प्रकारको पिडालाई सहज बनाउनका लागि स्तरीय सेनेटरी वितरण गर्दा महिलाहरुको स्वास्थ्यमा सुधारसँगै छाउगोठ सर्नु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो कार्यक्रम सञ्चालनमा अझै थप प्रभावकारिता ल्याईने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भयो ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीले महिलाहरुलाई वितरण गरिने सेनेटरी प्याडको महत्वको बारेमा आमसञ्चारले खेल्नुपर्ने भूमिकामा महिला दिदिबहिनीहरुको हितको लागि सञ्चार माध्यम सधै सकारात्मक रहेको बताए । महिलाहरु महिनावरी हुँदा रगतको खालमा बस्नुपर्ने दिनको अन्त्य गर्नका लागि यो कार्यक्रम गाउँका महिलाहरुका लागि बहुउपयोगी हुने र महिला सेनेटरी प्याड प्रयोग गरे पछि सुरक्षित तवरले नष्ट वा डिस्पोजल गर्नका लागि विशेष सतर्कता अपनाउनु पर्ने र ८ घन्टासम्म यसलाई उचित रुपमा विसर्जन वा गाड्न नसकेमा हानी हुने समेत गोष्ठीमा सहभागी स्वास्थ्यकर्मी हरि रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *