दोस्रो निरा स्मृतिकपको छात्रा भलिबल प्रतियोगीता

नमराज न्यौपाने पलाँता कालिकोट

कालिकोट जिल्ला पलााता गाउँ पालिका वडानं ९ मा शहिद स्मृति कला साहित्य प्रतिस्ठानको आयोजनामा दोस्रो निरा स्मृतिकप को छात्रा भलिबल प्रतियोगीता को फाईनल भएको छ । छात्र तर्फको भलिबल प्रतियोगिता मा प्रथम सरस्वति मा.बि राडुनेटा दोस्रो कर्णालि मा.बि खिन तेस्रो सरस्वति मा.बि थिर्पुले जित हात पारेको आयोजकले जानकारि दिएको छ । कार्यक्रमको समापनमा प्रमुख अथिति गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा बिशेष अथिति उपाध्यक्ष दाना न्यौपाने १ देखि ९ सम्मका वडा अध्यक्ष प्रत्येक बिध्यालयका शिक्षक बुद्वीजिबि प्रत्रकार राज्नितिक दल लगाएतको सहभागितामा सम्पन्न भएको कला तथा साहित्य प्रतीष्ठान का अध्यक्ष पुर्णशिहँ बम ले जानकारि दिनु भयको छ । उहाँका अनुसार भलिबल प्रतियोगिताको उपाधी सरस्वती मा बि राडुनेटाले जितेको छ ।

राडुनेटा ले पलाँता ९ थिर्पूमा द्धीतिय भलिबल कप प्रतियोगिताको उपाधी सहित नगद ३१००० हात पारेको छ सम्पन्न फाइनल खेलमा राडुनेटाले खिनको भलिबल टिमलाई पाखा लगाएको हो । प्रतियोगिता वेष्ट अफ फाइबका आधारमा संचालन गरिएको थियो । १५ – १२ को स्कोरमा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो । राडुनेटासँग पराजित खीनले दोस्रो हुँदै नगद १५ हजारमा चित्त बुझाएको छ ।तेस्रो हुन सफल थिर्पु भएको छ । फागुन १ गतेबाट संचालन भएको भलिबल प्रतियोगितामा पलाँताका सम्पुर्ण मा बि ७ टिमको सहभागिता रहेको थियो ।

पहिलो र दोस्रो हुने टिमलाई प्रमुख अतिथि पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले शिल्ड तथा पुरस्कार बितरण गर्नुभएको थियो । पलाँता गाउँपालिकाको प्रायोजनमा शहीद स्मृति कला, साहीत्य प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको थियो । त्यस अवसरमा गाउँपालिका अध्यक्ष बमले खेलकुदको विकासमा पलाँता गाउँ पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । प्रतियोगिता संयोजक पुणशिंह बमको अध्यक्षता, र कलम बमले सञ्चालन गरीएको खेल समापन कार्यक्रममा नेपालि काग्रेशको प्रतिनिधित्व गर्दै नरेन्द्र बम लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *