फाल्गुन १ गते अशोक मार्गलाइ पलातामा ऐतिहासिक दिन पारेर गाडि गुडाउने अध्यक्ष बम

कालिकोट जिल्लाको पलाँता गाउँ पालिकाले अघिल्लो बर्ष नामाकरण गरेर कार्यपालिकाले निर्णय गरि गाउँ शभामा जनयुद्धका सहिद आदिचन्द्र न्यौपाने (क अशोकको नाम मा नामाकरण गरेर अशोक मार्ग राखेको थियो भने यहि अशोक मार्गमा ऐतिहासिक दिन पारेर गाडि गुडाउन लागेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाति कान्छा ले बताउनुभयो । उहाँ का अनुसार यातायात सहज संचालनका लागि ३ दिन यता बिकाश निर्माण कार्यदल १६ घन्टा खटिएर काम गरिरहेका छन र कार्यदलको रप्तारमा काम अघिबढि रहेको छ । अध्यक्ष बम गाउँ मा जाँदा गाडी गुड्ने भने पछि सर्बसाधारण जनता खुसिले मख्ख भएका देखिन्छन् ।

पर्यटन, उर्जा, कृषि, उधोग र आधुनिकीकरणले मात्र बिकास र समृद्धि संभव रहेको बताउदै बमले स्रोत साधनहरुको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन पलाँता सरकारले युवा लक्षित कार्यक्रम संचालन गरेको बताउदै गाउँमा नै रमाउन प्रेरणा प्रदान गरीएको उनले जानकारी दिए । अध्यक्ष बमले पलाँता गाउँपालिकाको विकासमा कुनै पनि कमि हुन नदिने बताउदै विकासको मुल फुटाउदै आफ्नो पहलमा पलाँता भित्रका मोटर बाटो स्तरोन्नति गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *