पलाँता सरकारले दियो फाल्गुण १ गते सार्वजनिक विदा

नमराज न्यौपाने पलाँता
कालिकोट जिल्ला पलाँता गाउँपालिकामा आज प्रथम गाउँसभा सम्पन्न भएको छ । पलाँता गाउँ पालिकाले आज माघ २५ गते बसेको कार्य पालिकाको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ जस्मा फागुन एक गते जनयुद्ध मा साहादात प्राप्त गर्ने सहिद हरु सम्झिदै निरा स्मृति कप संचालन गर्दै आएको छ । गाउँ पालिकाको प्रत्येक बर्ष संचालन गर्ने गरि नीति तथा कार्यक्रममा समाबेस गरेको कार्यक्रम प्रथम सभाले निर्णय गरेको हो । उक्त कपमा पालिका भित्रका मा बि को खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने गरि पालिकाका माबि भित्र प्रतिसप्रधा गराईने निर्णय गरीएको छ । कपमा खेल छात्रा र छात्र को भलिबलमा प्रतिस्पर्धा गराईने छ भने यो खेल सन्चालनका लागि गाउँ सभाले तिनलाख बिनियोजन गरेको छ एही फागुन एक गते पलाँतामा सार्वजनिक यातायात संचालन ल्याउदै छ भने खाडाको पुन निर्माण बस्ति हस्तान्तरण गर्ने योजना रहेको छ । प्रदेश सरकारका मन्त्री ज्यु र माननीय लगाएत जिल्का सम्पुर्ण राजनिती दल र सरोकार वाला निकायको यो ऐतिहासिक दिन पलाँताका लागि थप ऐतिहासिक दिन बन्ने पलाँता अध्यक्ष बताए उक्त कपमा पत्रकार आमन्त्रण गर्ने निर्णय भएको छ ।

भब्य र सब्य बनाउन सम्पूर्ण पलाँता परिवारलाई कृयासिल भएर जुट्न अनुरोध गर्नु भएको छ । भने विकास निर्माणका कार्यहरुले तिव्र रूपमा क्रमिक गति लिएको र आगामी फागुन महिनादेखि विकास निर्माणका कामहरू अझै धमाधम हुने बताउनुभयो । पलाँतामा पर्यटनको प्रचुर संभावना रहेको उल्लेख गर्दै पर्यटकिय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाहिरिय पर्यटनको आगमनमा वृद्धि गरि गाउँपालिकालाई समृद्धि बनाउने पलाँता सरकारको लक्ष्य रहेको बताउनुभयो । पर्यटन,उर्जा, कृषि, उधोग र आधुनिकीकरणले मात्र बिकास र समृद्धि संभव रहेको बताउदै स्रोत साधनहरुको उचित सदुपयोग गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जोड दिनुभयो । विकास र समृद्धि हासिल गर्न अनि सुखी र खुसी बन्नको लागि हरेक नागरिकले केही न केही पेशामा आवद्ध हुनुपर्ने बताउनुभयो । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन पलाँता सरकारले युवा लक्षित कार्यक्रम संचालन गरेको बताउदै गाउँमा नै रमाउन प्रेरणा प्रदान गरीएको बताउनुभयो ।

आफ्नो श्रम सीपको प्रयोग गरि स्वदेशी उत्पादनलाई प्रोत्साहन दिदै बिदेशी सामानको आयातलाई निरुत्साहित गर्न आफ्नो खेत बारीलाई बाझो नराखी भरपुर सदुपयोग गरि उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभयो । पलाँता गाउँपालिकाको विकासमा कुनै पनि कमि हुन नदिने बताउदै विकासको मुल फुटाउदै आफ्नो पहलमा अबको २ बर्ष भित्रै पलाँता भित्रका मोटर बाटो स्तरउन्नती गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उत्पादन भएको सम्पुर्ण कृषि उपज बस्तु तथा उक्त भवनमा भण्डारण गरिएको कृषकबाट उत्पादित उन्नत जातको बीउको बजारीकरणको जिम्मा गाउँपालिकाले लिने बताउनुभयो । कृषकहरुले मिहेनतमा विश्वास राखी उत्पादनमा बढी जोड दिन आग्रह गर्नुभयो ।

पलाँता क्षेत्रको समृद्धिको लागि गाउँपालिका भित्रका ९ वटै वार्डमा समान विकास गर्ने गाउँपालिका अध्यक्ष बमको दाबिसंगै उर्जा ब्यबस्थापन समीतिको बैठकले गरेको निर्णय अनुसार आज बिहानबाट बिधुतका कर्मचारीहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा लागी दुर्सी खोला लघुजल बिधुत आयोजना र दाम्री खोला लघुजल बिधुत आयोजना लाई सञ्चालनमा ल्याउन पलाँता गाउँपालिकाको निर्देशनमा उर्जा ब्यबस्थापनका कर्मचारीहरु लाई समुदायको सेवाका लागी छिटो उपलब्ध का लागी पलाँता सरकारले चालेका पाईला नरोकी अगाडी बडने अबको पलाँतामा पलाँता सम्बृदिका लागी खटीने पलाँतामा पलाँता सरकारले सेयर लगानी गर्ने गरी सम्बन्धित पलाँताका सम्पुर्ण वडाहरूका प्रत्येक घरपरिवार मा बक्तीको प्रयोगको लागी कालीकोट जिल्ला पलाँताका सबै परिवारलाई बत्तीको पहुचमा पुराउने उर्जा साखा पलाँता संयोजक जनराज बमले सुन खानीमा नुन खोज्ने पलाँताको कथालाई अन्त्य गर्न पलाँतामा रहेको सुनभन्दा महंगो सेतो हिरा पानी लाई जलविद्युतमार्फत उपयोग गर्नु जरुरी रहेको भन्दै यस्तो निर्णय गरिएको बमले बताउनु भयो ।

पलाँताको आर्थिक, सामाजिक, भौतिक र मानव विकासलाई तीव्र वनाउने सवालमा आफ्नो प्रयास निरन्तर जारी रहने प्रतिवद्धता समेत जनाएका छ । पलाँताको जलविद्युत, पर्यटन, जडिबुटीमार्फत पलाँताको मुहार फेर्न समेत सकिने उर्जासाखाको विश्वास रहेको छ । पलाँताको विकास र रूपान्तरण हाम्रै पालामा गर्न सम्भव छ, त्यसका लागि लगानी र विकासका ढोकाहरु खोल्दै जानुपर्ने साखा प्रमुख कलम बमले थप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *