गाउँमै गाडी पुग्दा स्थानीय हर्षित

कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका सडक संजालले छुन सकेको थिएन । स्थानिय सरकारको चुनाव हुँदा विभिन्न किसीमका आसवासन देखाउदै खानेपानी,विद्युत,सडक,शिक्षा लगाएत भौतिक पुर्वाधारका क्षेत्रमा राम्रो काम गर्ने प्रतिवद्धता विभिन्न पार्टीलेहरुले गरेपनी खास्सै राम्रो काम हुन सकेको थिएन । चुनाव लड्दा गरेका कतिपय प्रतिवद्धताहरु विलय भए । तर लामो समयपछी विकासिय दृष्ट्रिकोणले फड्को मादै शुभकालिका गाउँपालिका सडक संजालसंग जोडिएको छ ।

गाउँमै गाडी पुग्दा स्थानीय हर्षित
सेरीघाट देखि माथि करिव ८ किलोमिटरको पैदल यात्रा गर्दा शरिर भरी पसिनाले बिझेको ,भारी बोकेरै च्यातिएका कपडा, पिठीउमा बसेका डामहरु स्थानियको मस्तिष्कमा घुमिरहेको छ । विरामीलाइ स्टेचर,डोकोबाट बोकेर भिरको बाटोको प्रवाह नगरी ज्यान नै बाजी राखेर सडक सम्म प¥याउनु पर्ने बाध्यता अनी गाउँ घर मै उत्पादन भएका तरकारी तथा फलफुलहरु सदमुकाम लगाएतका बजारमा बिक्रीका लागि ल्याउनु पर्ने पिडा शुभकालिकामा गाउँपालिकामा थियो ।

स्थानिय तहको चुनाव पछी स्थानिय तहरुले पहिलो प्राथमिकता सडक निर्माण कार्यलाइ दिएका छन् । अहिले हेर्ने भने अधिकासं नगरपालिका र गाउँपालिकामा सडक संजालले छोइसकेको छ । शुभकालिका गाउँपालिकामा पनी अव निरन्तर गाडीहरु गुड्ने भएपछी स्थानिय बासीहरुको मुहारमा खुसिपना देखिएको छ । वडा नं.२ मा गाडी पुग्दा वालवालिका,युवा,बृद्ध,बृद्धा,जेष्ठ नागरिक सवै हर्षित देखिएका छन् । शुभकालिका गाउँपालिका वडा नं.२ का बुदे विक वर्षले ६१ नाघे । उनले भने पहिला मान्म,सुर्खेत,नेपालगंज लगाएतका सहर बजारमा गाडी देख्न पाएका थियौ,सामान पनी पिठीउमा बोक्दै आउनु प¥थ्र्यो । अव भने हाम्रा सुखका दिन आएको महशुस भएको छ ।

कालिकोटका ९ वटा स्थानिय तहहरु मध्ये शुभकालिका गाउँपालिकालेपनि सडकलाई नै प्राथमिकता दियो । भौगोलिक विकटता रहेको शुभकालिका गाउँपालिकाका गाँउहरुमा सहजै सडक पु¥याउन भने सकिने अवस्था थिएन । सडक संजाल लगाएतका विभिन्न विकासिय योजनाहरुमा पालिका सरकारले ध्यान दिएपनी विकास गर्न भने अप्ठारो रहेको पालिका अध्यक्ष खडानन्द चौलागाँईले बताए । सवै विकासिय योजनाहरुलाई उत्तिकै प्राथमिकतामा राख्दै स्थानीय सरकार गठनपश्चात गाउँमा सडक पु¥याउने योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष चौलागाईले बताएका छन् । उनले भने पालिकाका सवै वडा र वस्ती वस्ती मा आफ्नै पालामा सडक संजाललाई जोड्छु , जनतालाई सहजता बनाउछु ।


खेतियोग्य जमिन सडकले नास गर्दा पनी खुसि छौ

गाउँपालिकाको वडा नं. २ मा गाडी पुग्दा गाडी हेर्नेको घुइचो थियो । सडक निर्माण गर्दा स्थानियको खेतियोग्य जमिन मासिएको मा पनी कुनै दुखेको नभएको स्थानियले बताएका छन् । स्थानिय भक्ति प्रसाद अधिकारीले भने पहिलाको दुख सम्झीदा आङ्ग नै सिरीङ्ग हुन्छ । खेतीयोग्द जमिन मासिदा पनी हामी खुसि छौ । सवैले विकास निर्माणका कार्यहरुलाई बाधा नपुगाउन पनी उनले अनुरोध गरेका छन् ।चट्टानलाई थिचोल्दै शुभकालिका गाउँपालिका वडा नं. २ सम्म सडक संजालले छोएको छ । कर्णाली राजमार्गको सेरीघाट देखि भर्तागाड सम्म करिब १४ किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । पालिकाका अन्य वडाहरुमा सडक संजाल जोड्न पालिकाले विभिन्न क्षेत्रहरुबाट सडक निर्माणको कार्य तिव्र गतिले थालेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी शुभकालिका गाउँपालिकाले गाडी तथा मोटरसाइकल वडा नं.२ मा पु¥याएको छ । सडक संजालले छोएसंगै पालिकाले आफ्नै गाडी समेत खरिद गरेको छ । गाडी उद्घाटन कार्यक्रमका अथितिहरुले विकास निर्माणका कार्यहरुमा सवैले साथ दिएपछी कुनै पनी विकास गर्न असम्भव नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *