लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले नयाँ काम सुरु चौलागाँई

कालीकोटमा सत्यदेवि अफसेट प्रेस छापाखानाका सञ्चालनमा ल्याएका हिरामणी चौलागाँईले नयाँ फ्लेक्स प्रिन्ट मेसीन सञ्चालनमा ल्याएका छन् । युवा व्यवसायी तथा उद्यमी हिरामणी चौलागाँईले व्यवसाय सञ्चालन गर्न आमाको रु ४५ रुपैया चोरेका थिए । २०६५ सालमा व्यवसाय सञ्चालन गर्न भनेर आमाको बाकसमा रहेको चार हजार पाँच सय चोरेर चौलागाँई बाँकेको नेपालगंजमा कम्प्युटर कक्षा सिक्न गए । ६ महिनाको आधारभुत कम्प्युटर कक्षा अध्ययन गरेर चौलागाईले कालीकोटको मान्ममा सानो व्यवसाय सञ्चालनमा ल्याए । २०६६ सालदेखि व्यवसाय सुरु गरेका चौलागाँईले चार हजार पाँच सय नै आफ्नो जिवनको मुख्य श्रोत भएको बताए ।

आफ्नो लक्ष्यअनुसार काम गर्न नपाउँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिङ्ग हुन्छ । तर कसैका लागि त्यही पीडा नै प्रेरणाको श्रोत भइदिन्छ । यस्तै लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले नयाँ काम सुरु गरेका खाँडाचक्र –५ का ३१ वर्षीय हिरामणि चौलगाँई सफल उद्यमी बनेका छन् । आफ्नो पढाई अधुरै छाड्नु परेको पीडाले हिरामणीले व्यवसायमा हात हाले । उनले पढ्न नपाएकोमा जति पीडा बोध गरे पनी छापाखाना व्यवसायमा पाएको सफलताले उनी त्यति नै उत्साहित बने । ‘विद्यालयमा सबैभन्दा जान्ने र सबैको प्यारो थिए हिरामणी । भन्छन, ‘स्वदेशमै वसेर यस्तो व्यवसाय गर्छु भन्ने लागेकै थिएन ।’ राम्रो विद्यार्थीको डाक्टर, इन्जिनियर, असल प्रशासक बनेर उच्चस्तरको जीवन जिउने सपना हुन्छ ।

हिरामणीको सपना पनि त्यस्तै थियो । शिक्षक पेशामा कार्यरत बुवा पे्रमध्वज चौलगाँईको साथमा घरनजिकैकोे विद्यालयमा अध्ययन गरेका उनी प्रथम, दोस्रो बन्दै विद्यालयको पनि आशाको त्यान्द्रो बनेका थिए । आठ कक्षामा अध्ययन गरिरहेका हिरामणिको सपना त्यतिखेर अधुरो भयो । जब बुबाले दोस्रो बिवाह गरेर छोराछोरी घरपरिवार सवै छाडे । बुवासँगै आठ कक्षासम्म पढ्न पाएका चौलगाँई, बुवाको साथ छाड्नु परेपनि स्नाकोत्तरसम्म मात्र पढ्न पाए । जन्मदिने बुवाले तीन छोरा र एउटी छोरीलाई छाडेर दोस्रो बिवाह गरेर घर छोडे ।

‘तीन भाइ र एक बहीनी अनी जन्मदिने आमालाई रेखदेख गर्ने सबै जिम्मा मेरै काँधमा आयो अनी के गर्ने कसो गर्ने भन्ने उद्येश्यले नयाँ कामको थालनी गरेँ’, चौलागाँईले भने । आफ्नो पढाई छाडेपछि घर व्यहार चलाउन नजान्ने हिरामणीको दैनिकी भाइहरूको स्याहार र खेितपाती गर्नमा सिमित हुन थाल्यो । उनको ०६६ सालमा विवाह भयो । बिवाह भएपछि झन् परिवारिक समस्या उत्पन्न भयो । खेतिपाती गरेर खान धौधौ भएको वेला बिवाह भयो । भाइहरुको पढ्ने उमेर सुरु पनि भयो । अनि एकल आमालाई घरमै छाडेर तिनभाई, एक बहीनी र परिवार समेत उठाएर सदरमुका मान्म वजार पुगे । हिरामणीको विगत काल्पनीक कथा जस्तै लागेपनी यो बास्तविक हो ।

परिवारमा खान पुग्ने गरी जग्गा जमिन थिएन । अरुकोमा ज्यालामजदुरी गर्नुपर्ने भए पनि अलिकति पढेकोले नै परिवारको सहयोग उनलाई मिल्यो । त्यसो त पहिलेदेखि नै व्यवसाय गर्ने सोच थियो उनमा । व्यवसाय गरे परिवारलाई केही भरथेग हुन सक्ने ठानेर उनलाई व्यवसायमा लाग्ने मोह जाग्यो । संघर्ष गर्दै जाँदा हिरामणीले एकपछि अर्को सफलता पाउन सफल भएका हुन् । पहिले बोल्नसमेत धकधकाउँने उनी अहिले जिल्लाका स्थानिय तह, जिल्लाका सरकारी कार्यालयवाट ऊनको छापाखानामा सम्पर्क गर्न थालेका छन् । उनले भन,े ‘अहिले यही कडा मेहनतले सदरमुकाम मान्ममा दुईवटा घडेरी, एक घर, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक घर र दुई वटा घडेरी, यति मात्र हैन बाँके कोहलपुरमा पनी १५ लाखको घरेडी किनेको छु ।’

चौलागाँईले कालीकोट जिल्लाकै एक मात्र रङ्गिन अफसेट प्रेस छापाखाना सञ्चालनमा ल्याएका छन् । सानो व्यवसायबाट सुरु गरेका चौलागाँईले अहिले फ्लेक्स प्रिन्ट मेसिन, अफसेट प्रेस छापाखाना, स्टेशनरी लगाएतका सवै सेवासुविधाहरु एकै ठाउँमा दिँदा जिल्लाका स्थानिय तहहरु,सरकारी तथा गैरसरकारी कार्यालय लगाएतका सबैले चौलागाँईलाई काम दिएका छन् । चौलागाँईले वार्षिक रुपमा २० देखि २५ लाख सम्म आम्दानी हुने गरेको बताए ।

खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष सुर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको को विशेष आतिथ्यतामा भएको फ्लेक्स प्रिन्ट मेसिन उद्घाटन गरिएको छ । मेसिन उद्घाटन कार्यक्रममा सहभागि भएका सम्पुर्णले भन, ‘पहिला एकाधिकार बजार थियो, कामका लागि असहजता थियो, अब भने गुणस्तरिय सेवासँगै सस्तो, सुलभमा काम गर्न पाउँने भयौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *