नसर्ने रोग सम्वन्धि सरोकारवालाहरु संग अभिमुखिकरण सम्पन्न

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका स्थित होटेल कोटदरवारको हलमा नसर्ने रोग सम्वन्धि सरोकारवालाहरु लाई जानकारि गरिएको छ । स्वास्थ्य स्थित ठिक राख्न र स्वच्छ खानपानमा ध्यान दिनको लागि सामान्य जानकारि संगै नसर्ने रोगको वारेमा आज कार्यक्रम गरिएको हो । खाडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारि कृष्णचन्द्र पौड्यालको प्रमुख आथित्यतामा गरिएको अभिमुखिकरण कार्यक्रममा जिल्लाका मानव अधिकार कर्मि सरोकारवाला निकाएका प्रतिनिधि ,स्वास्थ्यकर्मि तथा संचारकर्मिहरुको सहभागितामा कार्यक्रम भएको थियो । खाडाचक्र नगरपालिका र स्वास्थ्य शाखा कालिकोटको आयोजनामा भएको कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारि कृष्णचन्द्र पौड्यालले आम नागरिकहरुले परम्परागत संस्कारलाई भुल्दा मानिसमा दिर्घकालिन रोग लाग्ने गरेको वताउनु भयो । पहिले पहिले प्राणायम,जप,तप,ध्यान गर्दा मान्छेको ध्यान त्यतातिर केन्द्रित हुदा मानसिक तनाव कम हुने र दिर्घ रोग लाग्नवाट छुट्करा मिल्थ्यो भने अहिले बाह्य देश वाट आयात भएका खाध्य वस्तुको प्रयोगले दृर्घ रोगको सिकार हुन परेको वताउनु भयो । स्थानिय स्थरमा उत्पादन गरेका मकै,कोदो जौ ,आलु ,फापर लगाएतका खाध्यवस्तु खान तिर सवैको ध्यान जाने हो र खानपानमा विषेश ध्यान दिने हो भने ७० प्रतिशत रोगहरु नलाग्ने स्वास्थ्यकर्मिले वताएका थिए ।

कार्यक्रममा वोल्दै नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष पाण्डेले पहिलेका मानिसहरु भारि वोक्ने , स्थानिय स्थरको खाना खाने र दैनिक जसो कामकाज गर्नाले शारिरिक कसरत स्वस्थ हुनुका साथै धेरै वर्ष वाचेको वताउदै सरसपाई र खानपानमा ध्यान दिन जरुरि रहेको वताउनु भयो । आफुले जानेका हरेक कुराहरु अर्को व्याक्तिलाई सेयर गर्दा चेतना फैलिने हुनाले सिकेका कुरा अरुलाई भन्नेर आफ्नो समाजलाई दिर्घ रोग लाग्न वाट वचाउने अनुरोध गर्नु भयो । विश्वभरि एक वर्षमा ४ करोड १० लाख मानिसको ज्यान दिर्घ रोग वाटै जाने गरेको तथ्यांक मा उल्लेख गरिएको छ । नेपालमा मात्रै ६० प्रतिशत मानिसको दिर्घ रोगवा नै ज्यान जाने गरेको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *