एक सय दश जना बिद्यार्थिलाई वित्तिय साक्षरता अभियानद्धारा जनचेतना जोगाउदै

कालीकोट । राष्ट्रिय बाण्ज्यि बैंक शाखा कार्यालय कालीकोटले शुक्रबार एक कार्यक्रमको आयोजना गरि पञ्चदेव माध्यमिक विद्यालय मान्मका करिब एक सय दश जना विद्यार्थि तथा शिक्षहरुलाई वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व बारे प्रष्ट पारेको छ । जिल्लामा रहेको राष्ट्रिय बाणिज्य बैंक कालीकोटले वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम लागु गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंक कालीकोटका प्रमुख सुरेश मिश्रले भने पछिल्लो समय नक्कली हस्ताक्षर गरेर आर्थिक कारोवार गर्ने,बैकिंङ कारोबारोमा ठगी गर्न सक्ने जस्ता थुप्रै किसीमका अनैतिक कामहरु हुन सक्ने सम्भावना वढ्दो भएकाले सवैले आफ्नो बैकिंङ कारोवार राम्ररी समाल्न अनुरोध गरेका छन् । साथै मिश्रले कर्जा लिंदा सवै बैंकहरुमा बुझेर सवै भन्दा सस्तोमा कर्जा पाउने बैंक बाट लिनु पर्ने बताएका छन् । उनले भने परिवारको आर्थिक उन्नती तथा प्रगती गर्नका लागि सानो रकम पनी बैंकमा जम्मा गर्नु राम्रो पक्ष हो । कर्जा चाहिएजति लिने हो,पाइजति होइन भन्दै मिश्रले आफुलाई आवश्यक पर्ने रकम सस्तो तथा सुलभ व्याजदर पाउने बैकमा गइ जिविको पार्जनको नयाँ काम थालनी गर्न सकिने बताएका छन् । राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा पंञ्चदेव माध्यमिक विद्यालयलाई दुईवटा डिस्नेरी समेत प्रदान गरिउको छ ।


राष्ट्रिय बाणिज्य बैक कालीकोटका कर्मचारी तथा सहजकर्ता रमेश खड्काले रेमिटान्स बारे जानकारी दिएका छन् । एक सय दश जना विद्यार्थिहरु सहभागि रहेको उक्त कार्यक्रममा सवै विद्यार्थिहरुले बैंकिङ कारोबार बारे प्रष्ट भएको र आगामी दिनमा पनी यस्ता खाले कार्यक्रमहरु सवै स्थानिय तहहरुमा लागु गरी रकम अनियमितता हुन बाट बचाउन आग्रह गरेका छन् ।

आर्थिक उन्नती तथा प्रगती सुनिश्चित गरी आफ्नो एवं परिवारको भविष्य उज्ववल पार्न बैंकिङ बानीको विकास गरौं र अरुलाई पनी यस्का लागि प्रोत्साहन गरौ भन्ने मुख्य उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बैंकका कर्मचारी लक्ष्मण न्यौपानेले बताएका छन् । कक्षा ८ देखि १२ सम्मका करिव एक सय दश जना विद्यार्थिहरुले बैंकिङ सेवाबारे प्रष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *