नरहरिनाथ गाउँपालिका भित्र रहेका बृद्धबृद्धा अपाङगहरुलाई न्यानो कपडा वितरण ।।

कर्ण कुमाल

कालीकोट

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले गाउँपालिका भित्र रहेका बृद्धबृद्धा अपाङगहरुलाई न्यानो कपडा वितरण गरेको छ । माघको कठ्याङग्रीदो चिसोमा न्यानो गर्नका लागि गाउँपालिकाले सिरक वितरण गरेका हो । चिसोका समयमा बृद्धहरुलाई समस्या हुने भएकाले गाउँपालिकाले गाउँपालिका भित्रका अपाङगहरु ४५ जना र ७० वर्षभन्दा माथिका बृद्धबृद्धाहरु गरि ९० जना लाई सिरक वितरण गरेको छ । सिरक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टले कसैले पनि चिसोका कारण समस्या झेल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो अव सरकार गाउँमै छ गाउँमा नागरिकका समस्यालाई मध्यनजर गरेर अगाडि बढ्ने अठोटका साथ बृद्धहरुलाई सिरक वितरण गरेका हौ । समृद्ध नरहरिनाथ बनाउन सवैको साथको खाचो रहेको विष्टले बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष मनसोभा बुढाले चिसो मौसममा हामीले बृद्धबृद्धालाई सिरक वितरण गरेका र्छौ फागुन एक गते जनयुद्ध दिवसका दिनमा अति बिपन्न एकल महिलालाई बाख्रा बितरण र सहिद परिवारलाई सम्मान कार्यक्रम गर्ने तयारी गर्दै छ । सो सम्मान कार्यक्रममा अति बिपन्न एकल महिलालाई बाख्रा बितरण र सहिद परिवारलाई नरहरिनाथ गाउँपालिका कुमालगाउ आउन गाउँपालिकाकी उपाध्यक्ष बुढाले अनुरोध समेत गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *