‘आयोडिनयुक्त नुन खाऔँ, मानसिक फुर्ती, शारिरिक शक्ति बढाऔँ’

आयोडिनको कमीबाट लाग्ने रोगलाई निवारण गर्ने उद्देश्यले जिल्लामा फेबु्रअरी महिनालाई भव्यताको साथ मनाउने भएको छ । ‘आयोडिन युक्त नुन खाऔँ, मानसिक फुर्ती, शारिरिक शक्ति बढाऔँ’ भन्ने नाराका साथ जिल्लाका विभिन्न संघसंस्थाले सामुहिक रुपमा कार्यक्रमको आयोजना गरेका छन् । दुई बालबालिका चिन्ह भएको आयोडिन नुनलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडिन नुन भएको प्रमाणीकरण गरि सकेकाले यसको महत्वका बारेमा सर्वसाधारणलाई बुझाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटको आयोजना र विभिन्न साझेदारी संस्थाको सहयोगमा जिल्लामा सोमवार ¥याली सहित कोणसभा गरिएको छ । फेबु्रअरी महिनाको पहिलो साता आयोडिनको कमीले हुने विकृतिको न्युनिकरणका लागी अपनाउन सकिने उपायहरुका विषयमा ¥याली सहितको कोणसभा सम्पन्न गरिएको छ । जिल्लाको जिरोप्वाइन्ट देखि ¥याली सहित मान्म प्रतिमा चौकमा कोणसभा गरिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतको अध्यक्षता खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्दै पौड्यालको विशेष आतिथ्यतामा कोडसभा गरिएको हो ।

कोणसभामा बोल्दै प्रमुख अतिथि खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले आयोडिन नुनको उचित पैयोग गर्न आयोडिन युक्त दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमात्र प्रयोग गर्न आग्रह गनु भयो । उहाले कालीकोट जिल्लामा पहिलेदेखि नै ढुके नुनको प्रयोग बढ्र्दै गएकाले अहिले सरकारले ढुवानीमा समेत छुट दिएको बताए । उनले आयोडिन युक्त नुनको प्रयोग सदरमुकाममा बढ्दै गएपनि ग्रामिण भेगमा भने अझै ढिके नुनको प्रयोग भईरहेकाले सचेतनाको कार्यक्रम जिल्लामा भन्दा गाउँमा मनाउन आवश्यक रहेको बताए । पाण्डेले गर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत पु¥याउने बताउनु भयो । साथै आयोडिनको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट बच्न गर्भवती महिला लाई आयोडिन नुनको प्रयोग गर्ने आग्रह गनु भयो । कार्यक्रमका बिषेश अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बाल्यावस्था र किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक बृद्धि हुनुका साथै पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक फाइदा हुनाले नुनको प्रयोग गर्ने पर्ने पौडेलले बताउनु भयो ।

कार्यक्रमको समापनमा बोल्दै स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले आयोडिनको सही मात्राले शरीरका बिभिन्न अंगहरुको बिकासमा सहयोग गर्ने हुनाले यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्ने । सरकारले आयोडिन बाट हुने असर न्युनिकरण गर्न एक महिनाभरी प्रचार प्रसारका कार्यक्रम गर्ने उदेश्य सहित फेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउदै आएको उहाको भनाई छ । आयोडिनको कमीले गलगाँड हुने, मानसिक तथा बौद्धिक क्षमतामा कमी आउने, लाटो लठेब्रोपन र बालबालिकाको मृत्युसमेत हुने भएकाले मानिसले आयोडिनयुक्त नुन खानु अति नै आवश्यक रहेको उहाले विद्यार्थीलाई जानकारी दिए। आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पोषक तत्व भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिने उहाको भनाई छ । आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्नका साथै आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्ने र हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्ने भएकाले आयोडिन नुन खान आवस्यक रहेको महतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *