फर्मल मल्टिमीडीया प्रा.लि को उद्धघाटन समारोह सम्पन्न

कालिकोट जिल्लामा फर्मल मल्टिमीडीया प्राली को औपचारिक उद्धघाटन समारोह सम्पन्न भएको छ । यस मल्टिमीडीया प्रा।लि को खाँडाचक्र नगरपालिका का नगरप्रमुख जशी प्रसाद पाण्डेले उद्घाटन गर्नु भएको छ ।

फर्मल मल्टिमिडियाले सुरुवात गरेको फर्मल खवर डट।कमको शनिवार उद्घाटन गर्दै पाण्डेले अबको मिसन विकास, समृद्धि र सुशासन हुनुपर्ने बताउनु भयो ।नगरप्रमुख पाण्डेले समृद्ध कालीकोट र मुलुक बनाउने कामको शुरुआत आफैबाट गर्नुपर्ने भन्दै त्यसको लागी महत्वपूर्ण भूमिका सञ्चारमाध्यम र सञ्चारकर्मीको हुने जनतामा सकारात्मक सोचको भावना पैदा गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने प्रमुख पाण्डेको बताउनु भएको हो । आम पाठकले सत्य र आधिकारिक समाचारका लागि सच्चा सञ्चारमाध्यमको बाटो हेरिरहेको भन्दै पाठकको विश्वास गुम्न नदिन फर्मल खवरलाई सुझाव दिए ।

जनविश्वासलाई गुम्न नदिई फर्मल खवरले सबैको विश्वास जितेर आवाज विहीनको आवाज बन्नुपर्ने नेकपाका नेता दीपक चौलागाईले बताए । अबका दिनमा फर्मल खवरले विकास, समृद्धि र सुशासनका पक्षमा बहस गर्नुपर्नेमा जोड दिए ।नकारात्मक सोचले विरोध गर्ने, आलोचना बढी हुने अवस्था रहेको छ । अब त्यसको अन्त्यका लागि सकारात्मक सोचको आवश्यकता छ, चौलागाईले भने ।

विरोध र आलोचना होइन संघर्ष गर्ने संस्कारको विकास गर्नुपर्ने नेपाली काँग्रेसका नेता दमनबहादुर शाहीले बताए । सत्य र तथ्य समाचारका लागि त्यसको गहिराइमा पुग्नुपर्ने उनको धारणा थियो । फर्मल खवरले पहुँचको आधारमा नभई गरिब र निमुखाको आवाजको प्रतिनिधित्व गर्नुपर्ने शाहीको भनाइ छ ।कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले फर्मल खवरले स्वच्छ प्रतिपर्धा गर्नेमा आफु विश्वस्त भएको बताए । उनले भने सत्य र तथ्यमा आधारीत भएर फर्मल खवर अगाडि बढाउनुपर्छ ।

नेपाल प्रेस संगठनका संयोजक भरतराज विष्टले पत्रकारीताको धर्म निर्वाह गर्नका लागि प्रेस जगतमा नयाँ इट्टा थपिएको बताए । उनले कालीकोटको पत्रकारीतामा यहाँका स्थानीय तहले सौतेनी व्यवहार गरे पनि पत्रकारहरु विचको आपसी समन्वय हुन आवश्यक रहेको बताए ।फर्मल मल्टिमिडिया प्रालिका अध्यक्ष तारा शाहले फर्मल खवरले पाठक र समयको मागलाई ध्यानमा राख्दै समयानुकुल पुनसंरचना गरी थप विकास गरिने जानकारी दिइन् ।उनले कालीकोट समाचारको खानी भएकाले समाचारदातालाई सक्रिय भएर समाचार सम्प्रेषण गराउने प्रतिवद्धता गरिन् । उनले मिडिया उद्यमीका नामले राजनीतिक आस्थाका रुपमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *