छाउगोठ हैन ,पहिला त छाउ मनबाट भत्काउन सुरु गनुपर्ने

कालिकोटको खाँडाचक्र नगरपालिकाका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिकामा शुक्रवार आयोजना गरिएको छाउपडि प्रर्था विरुद्ध धामिझाक्रि लाई सुचेतना कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ‘ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । देवता मान्छाँै, छाउ मान्दैनौँ, महिनावरि भएकि छोरि चेलिलाई घरमै राख्ने गरेका छौ , खाँडाचक्र नगरपालिका— ७ पिलिका धामि हंस बहादुर मल्लले बताए । उनले, ‘हाम्रो ठाँउमा देवता मान्ने चलन व्याप्त छ, छाउमान्ने चलन हराउदै गईसक्यो। यस्तै कार्यक्रममा सहभागि अर्का खाँडाचक्रकै धामि लिला पाण्डेले म आफैँ देउताको धामी छु तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ धामीले लिने र कुनै घण्ट चढाउनु परे पनि म कहाँ आउनु होला, तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस,’ धामी पाण्डेले भन्नु भयो ।

यसअघि गाउँमा परम्परागत सोच र पुरानो थितिअनुसार चले पनि हालै आएको कानूनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिने गरेको धामि पाण्डेले बताए । कार्यक्रममा नगर प्रमुख जसि प्रर्साद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणमा नगरपालिकाले, छाउगोठ भत्काउन सुरु गरेको बताउनु भयो । जिल्लाका विभिन्न क्षेत्रमा छाउगोठ भत्काउने अभियान सुरु गरेपनि आफुहरुले, छाउ गोठ हैन छाउ मनहरुलाई विभिन्न किसिमका तालिमहरु दिएर सचेतना मार्फत छाउमनलाई परिर्वतन गर्न लागिरहेको बताए ।

यस्तै ,उप प्रमुख विजया विस्टले, छाउगोठ हैन , पहिला त छाउ मन भत्काउन सुरु गरेको बताउनु भयो । छाउगोठ भत्काएर पनि महिनाहोरि भएकाहरुले छाव्रो हालेर वाहिरै वस्ने गरेका छन । छानामा झन् असुरक्षित हुने गरेको भेटिएको हुनाले, हामिहरुले पहिला नगरभित्रका धामि,जोतिश, किशोरिलाई सचेतना कार्यक्रम दिन सुरु गरेका छौँ । यस्तो बेलामा घरभन्दा बाहिर बनाइएको झुपडीमा बस्दै आएका सुत्केरी वा रजस्वला भएकी नारीलाई अबदेखि घरमै बस्ने वातावरण मिलाउने र भएका सबैछाउगोठ भत्काउन लगाउने विस्टले बताईन । छुईका कारण अलग्गै बसेका बेला महिलामा पटक पटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन ।

1 thought on “छाउगोठ हैन ,पहिला त छाउ मनबाट भत्काउन सुरु गनुपर्ने

  1. Good news रामो हो यो परम्परा लाई जरै बाट उखेल्नु पर्छ हामी सबै मिलेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *