कर्णाली प्रदेश सरकारद्धारा पलातामा अनुगमन

नमराज न्यौपाने पलाँता
कालिकोट को पलाँता गाउँपालिकामा पुस्तौं देखिको नुन–चामलकै संघर्षका लागि भारी बोक्ने दिन अन्त्य हुने भएको छ । सडकखण्डमा फेरी बन्ने भएको छ । यस सडकखण्ड अन्तर्गत पर्ने कर्णा्लि नदीमा चाडै लाग्ने भयको छ । कालिकोट जिल्ला पुर्ब आधार बिकास कार्यलय का प्रतिनिधि टोलि आज पलाता गाउँपालिका स्थित बेल्केढुङ्गा मा फेरि को डिटेल्ली अनुगमन को लागि पलाँता पुगेको टोलिले अनुगमन गरी फर्कीएको छ । सडक प्राविधिक कार्य सम्पन्न भए लगत्तै कम्पनीलाई फेरी बनाउन झण्डै १,२ महिना लाग्ने सडक विभागका प्राबिधीकले बताउनुभयो । २०७६ चैत सम्ममा जडान भई सञ्चालनमा आउने प्राबिधिकले जानकारी दिनु भयको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री का स्वकिय सचिब सुमन शाही र पचालझरना गाउँपालिका अध्यक्ष खडग राज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने, वडानं ९ का वडाअध्यक्ष टक्क बहादुर बम लगाएत लाई स्वागत समेत गरीएको छ । पहल कदमी गर्ने पलाता गाउपालिका का अध्यक्ष लक्ष्मण बहादुर बम र कर्णाली प्रदेस सरकार को ठुलो सयोगको कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचीब सुमन शाहीले बताउनुभयो । अब पलाता मा बिकास का लहर सगै यातायात को सुबिधा सम्मन्न हुने भयको आसमा पलाँता गाउँपालिका बासी खुसी रहेका छन । पलाँतीको भाग्यरेखासँग जोडिएको कर्णाली करीडोर र मोहोर पुलाँह छलाह जोडने कर्णाली नदीमा फेरी सुचारु हुने भएकाले जनता खुशी भएका हुन । यस अघि कालिकोटको जीतेगडा पुग्न एक दीन लाग्ने गाडी परिवर्तन गर्नुपर्ने भएकाले यात्रुहरुले ठूलो हैरानी खेप्नु परेको थियो । गाउँ पालिका सरकार का अध्यक्ष पलाँति कान्छाको दुई बर्ष लामो निरन्तर को अनुरोध लाई सुईकारदै फेरि संचालन हुने भएको छ ।

प्रदेश सरकारलाई थप प्रेसर थपिए सँगै प्रदेश सरकार तथा मा मुख्य मन्त्रीले आफ्नो माननीय कोषबाट फेरि लगाउने जिम्मा लगेका छन भने पलाँता ले सार्वजनिक यातायात संचालन गर्ने भएपछि फेरि लगाउने थप प्रेस बनेको गाउँपालिका अध्यक्ष बलमे बताउनुभयो । आजभोलि पलाँतामा गाडी फागुन एक गते देखी सुचारु संगै फेरी बन्ने कुरामा पलाँता बासी अत्यन्तै खुसी रहेका छन । फेरी बनेपछि यस्तो समस्या हट्ने विश्वास छ, पलाँता गाउँपालिकाका युवा सुरेन्द्र खाँडले भने, अब पलाँताको राडुनेटा गाडीमा जान पाइने र त्यो ३,४ घण्टाको उकालो बाट सहयोग पुग्ने बताउनु भयो । यही वर्ष्िभत्र राडुनेटा सम्म जिप, चल्ने आस गरेका छौं,’ कर्ण्लि नदीमा यसै आर्थिक वर्ष्िभत्र बेलिब्रिज राख्ने योजना रहेको प्रदेश शरकारको प्रतिनिधी टोलिका प्राविधिकहरूले बताएका छन । चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको पलाँताको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । यही सडकले हाम्रो जीवन फेर्ने आस छ । साबिक धौलागोह, खीन, थिर्पुमा हुदै जुम्ला सिमानामा पर्ने दैनिक उपभोग्य सामाग्रीका लागि दीनभरी हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो भने अबको पुस्ताले सुख पाउने गाउँपालिका अध्यक्ष बमको दाबि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *