एक घर, एक धारा आयोजनाको अनुगमन

कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नंः ६मा रहेको एक घर एक खानेपानि धारा योजनाको अनुगमन गरीएको छ ।रास्कोट नगरपालीक र युनिसेफ नेपाल कालिकोट साझेदारीमा एक घर एक धारा निर्माण भईरहेको खानेपानि योजनाको अनुगमन गरीएको छ । रास्कोट नगरपालीका प्रमुख कासिचन्द बराल, उपप्रमुख मिमसरा बम ,बडा न ६का बडा अध्यक्ष टक्क फसाल लागाएतका जनप्रतिनिधिको टोलिले अनुगमन गरेको छ । उक्त खानेपानि योजनको अधिकाँस धाराहरु निर्माण भइसकेका छन । वाँकि रहेका धाराहरु पनि तत्काल निर्माण गर्न नगर प्रमुख बराल निर्देशन दिएको छ । सुन्दर रास्कोट र समूद्ध रास्कोट बनाउनका लगी सबै हातेमालो गरेर बिकास गर्ने बताउनु भयो ।

प्रत्येक बर्षातमा खोला धमिलो पानी खानुपर्ने बाध्यताको अन्त्य भएको नगर उपप्रमुख मिमसरा बमले बताउनुभयो । उहाँले भन्नुभयो ‘खानेपानीका लागि केटाकेटीहरुलाई स्कुल छुटाएर पनि जोहो गर्नुपर्ने अवस्था थियो । अहिले घरघरमा पानी पुग्दा निकै सजिलो भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीलाई खानेपानीको निकै समस्या थियो । गाउँमा खानेपानी पुगेपछि आफूनै निकै खुसी भएका बताउनु भयो । बारीमा अब तरकारी खेती गर्न पनि सजिलो हुने बमले बताउनु भयो ।


समयमै खानेपानि योजना सम्पन्न गरी सवै नागरीको घरघरमा पानिको धारा दिने रास्कोट नगरपालीकाको योजना रहेको छ । खानेपानीको समस्या रहेको सो ठाउँमा प्रत्येक घरधुरीमा खानेपानीको पहुँच पुगेपछि स्थानीयबासी खुसी भएका बडा न ६का बडा अध्यक्ष टक्क फसाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो गाउँमा खानेपानीको निकै समस्या थियो । अहिले बडा न ६मा ८१ घरधुरीमा धारा निर्माण गरेका छौं । सबैका घरमा पानी पुग्दा स्थानीयहरु खुसी भएको फसालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *