महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, शुद्ध पानी पिउने बानीको विकास गरी पोषण अवस्थामा पनि सुधार ल्याउन उपप्रमुख बिष्ट

जिल्लाको खाँडाचक्र नगरपालिकाले सुनौला हजार दिनका महिलासँग उपप्रमुख कार्यक्रम सुरु भएको छ । सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत बुधबार खाँडाचक्र नगरपालिका वडा नं.११ बरातुमा का ५१ जना महिलालाई फिल्टर वितरण गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं.११ का वडा अध्यक्ष पुष्पराज गीरीको अध्यक्षता तथा नगर उप प्रमूख बिजया बिष्टको प्रमूख आतिथ्यतामा आयोजित एक कार्यक्रममा सुनौला हजार दिनका महिलाहरुलाई फिल्टर र फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा नगर उप प्रमूख बिजया बिष्टले सुनौला हजार दिनका महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सुद्ध पानी पिउने बानीको विकास गरी पोषण अवस्थामा पनि सुधार ल्याउन सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम ल्याईएको बताउनुभयो । उहाँले यो बार्यक्रमलाई बर्षेनी निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला अध्यक्ष तुलराम पाण्डेले खाँडाचक्र नगरपालिकाले सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम जिल्लामै नमुना भएको बताउनुभयो । उहाँले नगरले अहिले बालबालिकाको क्षेत्रमा गरेको लगानी भोलीका लागि उपलब्धीमुलक हुने बताउनुभयो सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम लक्षित बर्गको हितमा रहेको बताउनुभयो । उहाँले हरेक स्थानिय तहले जनताको आवश्यकताका आधारमा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । खाँडाचक्र नगरपालिका कुर्षि शाखा प्रमूख पशुराम काप्लेले सुनौला हजार दिनका आमाहरुलाई प्रदान गरिएको फिल्टरको नियमित प्रयोग गरी सदुपयोग गर्न आग्रह गर्नुभयो । नगरका बिभिन्न बिषयगत शाखाका प्रमूख एवं प्रतिनिधि, स्थानिय नागरिक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *