बहुक्षेत्री पोषण योजना पोषणका लागि हातेमालो सुनौला १००० दिनका आमा सग उपमेयर कार्यत्रम प्रभाकारी बन्दै

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले सुनौला हजार दिनका महिलासँग उपप्रमुख कार्यक्रम सुरु भएको छ । सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत बिहीबार खाँडाचक्र नगरपालिका वडा नं.१ र २ का १५० जना महिलालाई फिल्टर र फलफुल वितरण गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं.२ का वडा अध्यक्ष बिर्खसिहँ बिकको अध्यक्षता तथा नगर प्रमुख जसि प्रसाद पाण्डेको प्रमूख आतिथ्यता नगर उपप्रमुख बिजया बिष्ट , बडा न ११ का वडा अध्यक्ष पुष्प गीरिको बिषेश उपस्थितीमा आयोजित एक कार्यक्रममा सुनौला हजार दिनका महिलाहरुलाई फिल्टर र फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमूख जसि प्रसाद पाण्डेले महिलाहरुमा देखिने विभिन्न किसीमका रोगहरुबाट बच्न र जन्मीने बालवालिकाको जिवन स्वच्छ राख्न तथा आमा र शिशु दुवैलाई शारिरीक तथा मानसिक दृष्टिकोणले तन्दुरुस्त बनाउने उद्येश्यका साथ कर्णाली प्रदेशकै पहिलो कार्यक्रम लागु गरिएको नगर प्रमुख पाण्डेले बताउनु भयो । कर्णाली जस्तो बिकट ठाउँमा धेरैजसो महिलाको ज्यान जाने खानपान र चेतना कमिका कारणले हुने गरेको पनि बताउनु भयो ।

नगर उपप्रमूख बिजया बिष्टले सुनौला हजार दिनका महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सुद्ध पानी पिउने बानीको विकास गरी पोषण अवस्थामा पनि सुधार ल्याउन सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम ल्याईएको बताउनुभयो । नगरपालिकामा फिल्टर बितरण कार्यक्रम मात्र नभइ महिला हिंसामा कमि गर्ने उद्येश्यले नगरपालिका भित्र २ छोरी मात्र जन्माएर स्थाइ बन्ध्याकरण गरेमा सम्वन्धित ब्यक्तीलाइ एक लाख पुरस्कार स्वरुप दिने पनि बताउनु भएको छ । उहाँले यो बार्यक्रमलाई बर्षेनी निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै खाँडाचक्र नगपालिका बडा न ११ का बडा अध्यक्ष पुष्पराज गीरीले हजार दिन भित्रका आमाहरुले लिएका फिल्टरको सहि तरिकाले प्रयोग गर्न र स्वच्छ पानीको प्रयोग गरी बालवालिका र आफ्नो स्वास्थ्य अवस्था मजवुद बनाउन समेत सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघ कालिकोटका सचिब खडानन्द चौलागाईले खाँडाचक्र नगरपालिकाले सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम जिल्लामै नमुना भएको बताउनुभयो । उहाँले नगरले अहिले बालबालिकाको क्षेत्रमा गरेको लगानी भोलीका लागि उपलब्धीमुलक हुने बताउनुभयो सुनौला हजार दिनका महिलासँग उपमेयर कार्यक्रम लक्षित बर्गको हितमा रहेको बताउनुभयो । उहाँले हरेक स्थानिय तहले जनताको आवश्यकताका आधारमा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।


यस्तै कार्यक्रमको समापन गदै खाँडाचक्र नगरपालिका बडा न २ का बडा अध्यक्ष बिर्खसिह बिकले पछिल्लो समय देखिदै गएका संक्रमणहरुबाट बच्न पिउने पानी सफा र स्वच्छ हुनु पर्ने बताउनु भएको छ । सुनौला हजार दिनका आमाहरुलाई प्रदान गरिएको फिल्टरको नियमित प्रयोग गरी सदुपयोग गर्न आग्रह गर्नुभयो । नगरका बिभिन्न बिषयगत शाखाका प्रमूख एवं प्रतिनिधि, स्थानिय नागरिक,पत्रकार लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *