महिला उत्थान कार्यक्रम कालीकोटमा दुरुपयोग स्वास्थ्य कर्मीहरुको भनाई
जिल्लामा आपतकालिन अवस्थामा हेलिकप्टर मार्फत सुत्केरी उद्धार गर्ने राष्ट्रपती उत्थान कार्यक्रमको व्यापक रुपमा दुरुपयोग भएको स्वास्थ्यकर्मीहरुले नै बताएका छन् । जिल्लामा गत साउन यात उद्धार गरिएका ४ वटा सुत्केरीहरुमा ३ वटा सुत्केरीलाई उद्धार गर्नै नपर्ने अवस्थामा उद्धार गरिएको स्वास्थ्यकर्मीको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयय कालिकोटमा कार्यरत डा. बिज्ञान प्र्रजापतीले जिल्लामै सुत्केरी हुन सक्ने सामान्य सुत्केरीहरुलाई पनि हेलिकप्टर मार्फत सुर्खेत लगिएको बताए । उहाले भन्नु भयो कहाँ कसरी हेलिकप्टर आएर सुत्केरीलाई लैजान्छ थाहै छैन् । गाँउमा सुत्केरीको अवस्था जटिल भएपछि पहिले जिल्लामा जानकारी हुनुपर्छ । गाँउमा हेलिकप्टर मगाई सकेपछि मन्त्रालयबाट खबर पाईन्छ । उहाले जिल्लाबाट हेलिकप्टर मार्फत उद्धार गरिएका गत साउन महिना यताका ४ जना सुत्केरी मध्य एक जना त सुत्केरी नै नभएको र ३ जनामा पनि एक जना लाई मात्र बास्तबिक समस्या भएर उद्धार गरिएको बताए । रास्कोट नगरपालिका स्वास्थ्य संयोजक हंशराज बरालका अनुसार गत कार्तिक २१ गते रास्कोट नगरपालिका वडा नं. १ निवासी २५ बर्षिया रत्ना शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पतालमा पुगाएर अप्रेशन गरी आमा र बच्चाको ज्यान जोगीयो । उनको बच्चा उल्टो, नाबी अगाडी देखिएको र लामो समय ब्यथा लागेकाले आकाशमिक उद्धार गर्नु परेको हो । डाक्टर बिज्ञान प्रजापतीले भने, ती रास्कोट नगरपालिका वडा नं. १ की रत्ना शाही बाहेक अरु तीन जना महिलालाई उद्धार नै गर्नु पर्ने अवस्था हाईन । डाक्टर प्रजापतीका अनुसार गत शुक्रबार मात्र जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ७ निवासी भरत बटालाकी पत्नी २१ बर्षिया शान्ति बुढा बटालाको हेलिकप्टरद्धार उद्धार गरियो । उनी पनि सामान्य सुत्केरी व्यथा थियो । उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत पुगाएपछि सामान्य सुत्केरी भयो । उनलाई जिल्लामै सुत्केरी गराउन सकिने अवस्था थियो । जिल्लामा खबर नै नगरी हेलिकप्टर मगाएर सुर्खेत लगियो । यस्तै गत मंसिरमा पलाँता गाँउपालिका वडा नं. ७ की पवित्रा बम ४ महिना ९ दिनकी गर्भवती थिईन् । उनी दाउरा लिन बनमा गएको बेला एक्कासी रक्तश्राव भयो । उनलाई स्वास्थ्य चौकीमा ल्याईयो । उपचार गरियो । सुधार भईसकेपछि हेलिकप्टर मगाएर सुर्खेत लगियो ।
यस्तै गत असोजज महिनामा सान्नीत्रिवेणी गाँउपालिका वडडा नं ५ की स्वसिता शाहीलाई बर्थिङ सेन्टरमा बच्चा जन्मीहाल्छ भन्दा भन्दै स्ववास्थ्यकर्मीहरुलाई दबाब दिएर रिफर गर्न लगाईयो । तर गत पुस २ गते नरहरीनाथ गाँउपालिका वडा नं. ९ की पावर्ती दर्जी सुत्केरी हुन नसकेरै ज्यान गयो । उनलाई स्वास्थ्य चौकी लालुले जिल्ला अस्पताल लिनका लागि रिफर गरेपनि घरपरिवारले पैसा छैन बढी खर्च हुन्छ भनेर घरमै राखे । दुई दिनपछि सुत्केरी हुन नसकेर ज्यान गयो । कसैले हेलिकप्टरबाट उद्धार गर्नका लागि पहल गरिदिएन् । यस्तै यही माघ ११ गते पलाँता गाँँउपालिका वडा नं. ३ की पिरना रोकायाको अवस्था पनि निकै जटिल थियो । बच्चा उल्टो भएकाले हेलिकप्टरबाट उद्धारका लागि पहल गरियो । अघिल्लो दिन १० गते नररहरीनाथ गाँउपालिकाबाट सामान्य सुत्केरीको लागि हेलिकप्टर खर्च गरेकाले भोली पल्ट भन्ने बित्तिकै हेलिकप्टर आएन् । हेलिकप्टर नआएपछि स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज संकर बरालले सुत्केरीको अवस्था जटिल भएकाले जिल्ला अस्पताल लैजान आग्रह गरे । तर आफुन्तहरुले बरु बच्चा जेसुकै होला आमालाई बच्चाइ दिनुहोस । हामी कही पनि लिदैनौँ भनेपछि शनिबार राती सुत्केरी भईन । बच्चा बचेन । आमालाई बचाईयो । स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज बरालले भने, धन्नले आमालाई बचाईयो । जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाको उद्धार गर्ने लक्ष्य लिए पन कालिकोटमा सदुपयोग नभएको बताए । उनले भने, जिल्लामा दिन सकिने सेवाकै लागि राज्यको खर्चले सुत्केरी महिलाहरुलाई किन बाहिर लिन जरुरी थिएन । बास्तबिक समस्या परेका महिलाहरुको उद्धार गर्नुपर्छ । जिल्लामा डांक्टरहरुसँग सल्लाह नै नगरी सुत्केरी महिलालाई उद्धार गरिन थालियो