समाजबादतिर उन्मुख पलाँता जनप्रतिनिधीको सट्टा जनतालाई चड्ने गाडी

कालिकोट जिल्ला पलाँता गाउँपालिकाले आ ब २०७६ । ०७७ को पहिलो गाउँ सभाबाट सार्वजनिक यातायात संचालनका लागि १ करोड ५० लाख बिनियोजन गरेको थियो र ठेक्का प्रकृया बाट चार वटा गाडि खरिद सम्झौता गरि गाडि पागुन १ गते पलाँतामा गुडने बताईएको छ । भारी को साथमा रमाइरहेका पलाती का लागी फागुन १ गते देखी सार्बजनिक यातायात को सुरुवात गरीने भयको छ । चार वटा गाडि २५ गते कम्पनिले पलाँता पुर्याउने गरि सम्झौता गरिएको छ ।पलाँता सरकारले पलाँता भित्र सार्वजनिक यातायात लाई सुरु गरी भौतिक पूर्वाधार तथा यातायात सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, सुरक्षित बनाउन एकीकृत यातयात प्रणालीको व्यवस्थापन तथा यातायातको बिस्तार गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाले बताउनुभयो । पलाँतामा सार्वजनिक यातायात सम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, सूचना प्रणालीको विकास, पलाँता गाउपालिकाले एकीकृत यातायात प्रणालीको विकास गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष बमका अनुसार सार्वजनिक यातायातको सेवाको सुचारु गर्ने ।

रुट निर्धारण गर्ने, सार्वजनिक यातायातका साधन बीच सूचना प्रविधिमा आधारित एकीकृत र नगद विहीन प्रणालीको विकास गरी कार्यान्वयन गराउने भयको छ । यातायात क्षेत्रमा सुधारका साथै सो पलाँताले यसबीचमा सानो गाडी यातायात लाई अघि बढाउन पहल थालेकोे छ । गाउँ पालिकाले धभअियmभ यातायात संचालन कार्य्बिधि २०७६ पास गरिसकेको छ । पलाँतामा फागुन १ बाट सार्वजनिक यातायात दुई वटा ओदि खिन चल्छन त दुई थिर्पु राडुनेटा संचालनमा आउने निस्चित भयको छ । हेलिकप्टर बाट झारेर पनि फागुन १ गते सार्वजनिक यातायात संचालनमा ल्याउने गाउँपालिका अध्यक्षको दाबि रहेको छ कार्यालयको सम्झौता पछि अध्यक्ष आफै गाडि कम्पनिमा पुगि द्दछ भित्र पलाँता गाडि पुर्याउने सुनिश्चितता गरेका छन । यातायातमा हुने गुन्डागर्दी , मनपरि र अस्त ब्यस्तता रोक्न साथै समयमा यात्रु गन्तव्यमा पुग्न सार्वजनिक यातायात संचालन गर्न खोजिएको हो । सार्वजनिक यातायतामा ६० बर्ष भन्दा माथिका जेष्ट नागरिक , अपांङ्ग, बिपन्न लाई पुर्ण छुट हुनेछ । बिद्यार्थी लाई पनि पुर्ण छुट हुनेछ । दण्ड पिडितलाई ५० प्रतिसत छुट मिल्ने बताईएको छ । पत्रकार लाई पुर्ण निसुल्क हुने गाउँपालिका ले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *