पहुँचवालाहरु गुणस्तरी स्वास्थ्य सेवा छैन भनि भ्रम फैलाएको डाक्टर प्रजापतिको भनाई ।।

कालीकोट स्वास्थ्य सेवा कार्यालयले जिल्लामा रहेका संचारकर्मीहरुलाई स्वास्थ्य शिक्षा सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल कालीकोटले दिने सेवा गुणस्तर हुर्दै गएको पाइएको छ । अहिले कालीकोटको स्वास्थ्यका लागि ठाउँ ठाउँमा क्याम्प गरेर स्वास्थ्य सेवा दिएपनि नागरिकहरु सेवा लिन नआएको डाक्टर विज्ञान प्रजापतिले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो जिल्लामा धेरै जसो पाठेघर खस्ने समस्या भएका विरामी भएपनि कमै मात्रामा उपचार गराउन आउने गरेका छन् । यसले गर्दा कालीकोट स्वास्थ्य सेवाले दिने सेवा प्रभावकारी नभएको नागरिकको गुनासो बढेको उहाँको भनाई छ उहाँका अनुसार अहिले जिल्ला अस्पतालले प्रभावकारी सेवा प्रदान गरेपनि यहाँका पहुँचवालाहरुले हेलिकप्टर प्रयोग गर्दै आएका छन् । सामान्य विरामी हुदा पनि यहाँ उपचार हुन सम्भव नभएको भन्दै भ्रम फैलाउने काम गर्दै आएको डाक्टर प्रजापतिले बताउनुभयो । उहाँले भन्नुभयो विरामीलाई हामी कहाँ विरामी आउर्दैन अस्पतालले सेवा दिएन भनेर भ्रम फैलाउछन् । स्थानीय तह पुर्नसंरचनापछि जिल्लामा ८८ वटा स्वास्थ्य प्रदायक संस्था रहेको कटक महतले बताउनुभयो । उहाँले अहिले कालीकोटको स्वास्थ्य गुणस्तरी भएको दावि गर्नुभयो उहाँका अनुसार अहिले नागरिकलाई १ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्र, २८ वटा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र ४४, सामुदायिक स्वास्थ्य इकाई १०, प्रसुति केन्द्र ३०, जिल्ला अस्पताल १ खोप केन्द्र १०८ गाउँघर किल्नीक ६८ वटाबाट सेवा प्रदान भईरहेको छ । अहिले जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य प्रदायक संस्थाले सेवा दिएपछि कालीकोटमा जिल्लामै उपचार गराउनेको संख्या बृद्धि भएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *