जिवन स्वच्छ राख्न आमा र शिशु दुवैलाई शारिरीक तथा मानसिक दृष्टिकोणले तन्दुरुस्त बनाउनु पर्ने उपप्रमुख बिष्टको भनाई

कालिकाेट जिल्ला  खाँडाचक्र नगरपालिका वडा नं. ५ र ६ का १ सय ३८ जना महिलाहरुलाई पानी सृदृढिकरण गर्ने फिल्टर वितरण गरिएको छ । सुनौला हजार दिनका महिला संग उप मेयर कार्यक्रम अन्र्तगत खाँडाचक्र नगरपालिकाका ११ वटै वडाहरुमा फिल्टर वितरण कार्यक्रम राखिएको छ । आइतवार वडा नं. ३ र ४ मा फिल्टर विरतण गरिएको थियो । क्रमस वडा नं. १,२,७,८,९,१० र ११ मा सुनौला हजार दिनका महिलाहरुलाई फिल्टर वितरण संगै पौष्टिक आहाराका लागि अन्डा,फलफुल र लगाउने धोति समेत वितरण गरिने नगर उप प्रमुख विजया विष्टले बताउनु भएको छ ।

महिलाहरुमा देखिने विभिन्न किसीमका रोगहरुबाट बच्न र जन्मीने बालवालिकाको जिवन स्वच्छ राख्न तथा आमा र शिशु दुवैलाई शारिरीक तथा मानसिक दृष्टिकोणले तन्दुरुस्त बनाउने उद्येश्यका साथ नगरपालिकाबाटै कार्यक्रम लागु गरिएको विष्टले बताउनु भयो । यस्तै खाँडाचक्र नगरपालिका स्वास्थ्य प्रमुख रविन्द्र सेजुवालले पछिल्लो समय देखिदै गएका संक्रमणहरुबाट बच्न पिउने पानी सफा र स्वच्छ हुनु पर्ने बताउनु भएको छ । खाँडाचक्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खडानन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जसि प्रसाद चौलागाईको विशेष आथित्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *