६७ औ कुष्ठरोग दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईयोे । कालिकोटमा १५ जना कुष्ठरोगका बिरामी ।।

जिल्लामा ६७ औ कुष्ठरोग दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र खाँडाचक्र नगरपालिकाको सयुक्त आयोजनामा मान्म बजारमा बृहत सचेतना ¥याली सहित जिल्ला समन्वय समितिको हलमा जिल्लामा कुष्ठरोगको अवस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ६७ औ कुष्ठरोग दिवस मनाईएको हो । कुष्ठरोग बिरुद्धको हाम्रो अभियान, भेदभावको अन्त्य मानव अधिकारको सम्मान भन्ने नारा सहित जिल्लामा कुष्ठरोगको अवस्थाका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जिल्लामा हाल १५ जना कुष्ठरोगी रहेको बताए । उनका अनुसार जिल्लाको पलाँता गाँउपालिकामा २ जना, पचालझरना गाँउपालिका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाँउपालिका र खाँडाचक्र नगरपालिकामा १∕१ जना छन् । यस्तै जिल्लाको नरहरीनाथ गाँउपालिकामा ४ जना, शुभकालिका गाँउपालिकामा ३ जना र तिलागुफा नगरपालिकामा २ जना कुष्ठरोगीहरु छन् । उनीहरु नियमित रुपमा स्वास्थ्य संस्थामा आएर औषधिहरु खाईरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका उप प्रमूख बिजया बिष्टले जिल्लाको ग्रामिण समुदायमा कुष्ठरोग प्रति नकारात्मक धाराणा व्याप्त रहेको बताउदै कुष्ठरोगीलाई माया ममता र सम्मानपुर्ण तरिकाले बस्ने बाताबरण सिर्जना गर्नुपर्ने बताईन् । उनले कुष्ठरोग प्रतिको सकारात्म धारण विकास गर्न जनचेतनाको खाँचो रहेको बताईन् । कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी बमबहादुर नेपाली, जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव हेमराज बम, खाँडाचक्र नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमूख रबिन्द्र सेजुवाल लगायतका सरोकारवालाहरुले हरेक नागरिकलाई कुष्ठरोग उपचार गरे निको हुन्छ भन्ने सन्देश दिनु आबश्यक रहेको बताएका छन् । उनीहरुले जिल्लामा अझै पनि उपचारको पहुँचमा आउन नसकेका रोगीहरुको खोजी र उपचारको पहुँचमा पु¥याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै रास्कोट नगरपालिका, पचालझरना गाँउपालिका लगायतका जिल्लाका अन्य स्थानिय तहहरुले पनि कुष्ठरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *