कम्प्युटर ल्याप संचालन पलाँताका माध्यामिक बिधालयमा

कालिकोट जिल्ला पलाँता गाउँपालिकामा स्थानिय सरकार आएपछि थुप्रै कुरा परिबर्तन साथै शिक्षामा यो परिबर्तन आएको छ । कक्षा ६ बाट कम्प्युटर शिक्षा पढाइ भए पनि ब्याबाहारिक रुपमा कम्प्युटर छुन पाएका थिएनन । गाउँ पालिकाकाको निर्देशनमा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् । पलाँता गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार स्थानीय तहको श्री सरस्वति उच्च माध्यमिक विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको प्रध्यानाध्यापक पुर्ण बहादुर शाहीले बताउनुभयो ।
कम्प्युटर सञ्चालन हुनेमा गाउँपालिका कै नमूना विद्यालयका रूपमा रहेको सरस्वती माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बन्धित विद्यालयले जनाएको छ । यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । पलाँता गाउँ पालिकाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ । स्थानीय स्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढने बताउनुभयो । विद्यालयमा कम्प्युटर बारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थी सुवास बमले बताउनुभयो । विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने कम्युटर शिक्षक ऐडिले बताएका छन ।

दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय सरकारले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट एक हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ । यसै बिषय लाई लिएर पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छा ले सामाजिक सञ्जाल फेसबुक मार्फत कम्प्युटर शिक्षा अब प्राटिकल रुपमा पनि पढाइ गर्न गाउँ पालिकाको निर्णयलाई पालना गर्दै ल्याप संचालन गरेको मा बिद्यालय परिबारलाई आभार सहित धन्यवाद दीनुभयको छ । अध्यक्ष बम बिद्यार्थी राजनिति बाट आएकाले शिक्षामा विशेष ध्यान दिएका छन । पलाँता गाउँ पालिकाले पालिकाका सात वटा प्रत्यक माबिमा कम्युटर शिक्षक को द्रबन्दी सिर्जना गरेको छ र ल्यापका लागि प्रत्यक माबिलाई दश लाख बिनियोजन गरेको छ । यसै बर्ष सबै मा। बि।मा कम्प्युटर ल्याप संचालन हुने । पछिल्लो चरण प्राबिधिक शिक्षालाई जोडदिदै आएको गाउँ पालिकाले यश अघि राडुनेटा र उखाडिमा रहेका मा।बिमा कक्षा ९ बाट कृषि बिषय पढाइ सुरु सगै कृषि ल्यापको पनि ब्याबस्थापनमा लागि परेको । बुर्जुवा शिक्षाको अन्त्य गर्न ब्याबाहारिक शिक्षालाई समाबेस गर्दै गएको र आफ्नो कार्यकालमा मा बि शिक्षामा अनिवार्य प्राबिधिक बनाउने अध्यक्ष बमले जानकारि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *