सुनौला हजार दिनका आमासंग उपप्रमुख कार्यक्रम सुरु । महिलालाई निशुल्क फिल्टर वितरण

सुनौला हजार दिन भित्रका आमासंग उपमेयर कार्यक्रम खाडाँचक्र नगरपालीकामा सुरु भयको छ । नगरपालिकाका वडा नं ३ र ४ का एक सय एक जना सुनौला हजार दिन भित्रका गर्भवती महिला लाइ स्वच्छ खानेपानि पिउनतर्फ जागरुप बनाउने उदेश्यले फिल्टर बितरण गरी कार्यक्रमको सुरु गरिएको हो । नगर पालिकाको आर्थिक वर्ष २०७६÷०७७ को निती तथा कार्यक्रमा नगर सभाबाट पास गरिएको कार्यक्रम अनुसार हजार दिन भित्रका गर्भवती महिला आमाको स्वास्थ्य स्वच्छ राख्न,सुद्ध तथा सफा पानी पिउने बानिको बिकास गर्ने उद्येश्यले पहिलो पटक फिल्टर बितरण गरि कार्यक्रमको सुरुवात गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताउनु भयो । फिल्टर बितरण कार्यक्रममा खाँडाचक्र नगरपालिका ४ का धनपुरा बि क ले आफुलाइ घरमा एक पाकेट तेल किन्न एक सय रुपौयामा समेत समस्या हुनेगरेको बताउदै गरिव तथा बिपन्न् परिवारलाइ यसले आनि बानिमा समेत परिवर्तन गर्ने र महिलाको स्वास्थ्यमा समेत फाइदा हुने भएकाले आफु खुसि भएको सुनाउनु भयो ।

कार्यक्रमा आफ्नो भनाइ राख्दै खाँडाचक्र नगपालिका नगर उप प्रमुख बिजया बिष्टले नगरपालिकामा फिल्टर बितरण कार्यक्रम मात्र नभइ महिला हिंसामा कमि गर्ने उद्येश्यले नगरपालिका भित्र २ छोरी मात्र जन्माएर स्थाइ बन्ध्याकरण गरेमा सम्वन्धित ब्यक्तीलाइ एक लाख पुरस्कार स्वरुप दिने पनि बताउनु भएको छ । साथै उप प्रमुख बिष्टले हजार दिन भित्रका आमाहरुले लिएका फिल्टरको सहि तरिकाले प्रयोग गर्न र स्वच्छ पानीको प्रयोग गरी बालवालिका र आफ्नो स्वास्थ्य अवस्था मजवुद बनाउन समेत सुझाव दिनुभएको छ । उहाँले कर्णाली जस्तो बिकट ठाउँमा धेरैजसो महिलाको ज्यान खानपान र चेतना कमिका कारणले हुने गरेको पनि बताउनु भयो ।

आइतबार देखि सुरु गरिएको फिल्टर बितरण कार्यक्रमा आफ्नो धारणा राख्दै नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत जसि प्रसाद चौलागाँइले यो उप प्रमुख संग सुनौला हजार दिन भित्रका महिला कार्यक्रमले अहिले पहिलो चरणमा वडा नं १ देखि ११ वडा सम्मका ६ सय ७० जना आमालाइ फिल्टर बितरण गरिने लक्ष्य रहेको बताउदै यसको लागी कुल १० लाख बजेट बिनियोजन गरिएको बताउनु भयो । साथै उहाँले यसपछि नगरपालिका भित्र रहेका समुदायहरुमा पोषणका क्षेत्रमा सुधार ल्याउनको लागी हजार दिन भित्रका आमालाइ अण्डा ,फलफुल बितरणको कार्यक्रम रहेको बताउनु भयो । बितरण कार्यक्रमा परिवार नियोजन,गवर्ति भएको बेलामा अपनाउनु पर्ने सावधानीका बिषयमा सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *