शैक्षिक सामाग्री निमार्ण, प्रयोग तथा ब्यवहारिक अभ्यास सिकाउने तालिम संचालन

कालीकोट जिल्लामा शिक्षण सिकाईमा परिवर्तन ल्याउन कर्णाली प्रदेशका ३ वटा जिल्लाका ८० वटा बिद्यालय मोडेल बनाउन कार्यक्रम सञ्चालन भयको छ । कार्यक्रमको सुरुवात मा कार्यक्रमका बारेमा जानकारी दिन र लिन कालिकोट जिल्लाको सदरमुकाम मान्ममा रहेका दुई वटा होटेलमा एकै साथ तालिम सञ्चालन गरिएको छ । शिक्षकले साना वालवालिका हरुलाई ज्ञान सिपको बिकास संगै शैक्षिक अभ्यास र सिकाई प्रक्रियामा जोड दिनका लागि कार्यक्रमको अयोाजना गरिएको हो । प्लान इन्टरनेशल नेपालको सहयोग किर्डाक नेपाल कालीकोटको आयोजनामा आयोजित कार्यक्रममा सिकाई तथा पढाई सम्वन्धी ज्ञान सिप तथा अवधारणाको बिकास गराउने, अबिभावक तथा शिक्षकहरुमा प्रारम्भीक सिकाई तथा पढाई सम्वन्धी ज्ञान सिपवाट क्षमता बिकास गराउन र शिक्षणका लागि आवस्यक शैक्षिक सामाग्री निमार्ण, प्रयोग तथा ब्यवहारिक अभ्यास सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।

कर्णाली प्रदेशका ३ वटा जिल्लाका ८० वटा बिद्यालयलाई मोडेल स्कुल बनाउने उद्धेश्यले शोकार्यक्रम सञ्चालन हुने भयको हो । कर्णाली प्रदेशका ३ वटा जिल्ला मध्य कालीकोट, जुम्ला र डोल्पा रहेका छन् । कालीकोट जिल्लाको राष्कोट नगरपालीका, सान्नि त्रिवेणि गाउपालीका, र नरहरिनाथ गाउपालीका रहेका छन भने जुम्ला जिल्लाका सिजा गाउपालीका, हिमा गाउपालीका, कनका सुन्दरी गाउपालीका रहेका छन् । यसैगरि डोल्पा जिल्लाको जगदुल्ला गाउपालीकाका जम्मा ८० वटा बिदालयमा परियोजना सञ्चालन हुने किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताउनु भयो । उहाँले भन्नु भयो स्थानिय स्तरमा शैक्षिक सामाग्रि उत्पादन गरि बालबालीकाहरुलाई रमाइलो बाताबरण श्रृजनाका साथ पढाइमा सिपको बिकास गर्न र छापामय बिद्यालय निर्माण गरि शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउने बताउनु भयो । कार्यक्रममा १४ वटा बिद्यालयका इसिडि सहयोगी कार्यकर्ता लगाएत ४२ जनाको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *