बालकेद्धित सहभागितामुलक कार्ययोजना तर्जु सम्बन्धि कार्यशाला जुम्लामा सुरु

कर्णाली प्रदेशको जुम्लामा अंग्रेजी नयाँ बर्षको सुरुवात संगै सन् २०२०÷०२१ का लागि दुई दिने बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा सम्बन्धि कार्यशाला प्लान ईन्टरनेश्नल नेपाल कर्नाली फिल्ड कार्यालय जुम्लाद्धारा खलंगा बजार जुम्लामा आयोजना गरिएको छ ।नेपालमा ४० बर्ष भन्दा लामो समय अगाढी देखि बिभिन्न जिल्लामा काम गरिरहेको अन्र्तराष्ट्रिय गैह्र सरकारी संस्था प्लान ईन्टरनेश्नल नेपालले बिगत ३ बर्ष देखि कर्नालीका कालिकोट,जुम्ला र डोल्पाका ८ वटा पालिकामा बिभिन्न बिषयगत क्षेत्रमा कार्यक्रम संचालन गरिरहेको छ ।कालिकोट र जुम्लाका ६वटा पालिकाका ५४ वटा वडाका आठ हजार भन्दा बढी बालबालिकालाई प्रत्यक्ष रुपमा समेटेको छ । प्लान ईन्टरनेश्नल नेपालका देशिय उपनिर्देशकको समेत् उपस्थिति रहेको कार्यशालामा कालिकोट र जुम्ला जिल्लाका ६ वटा पालिकाहरुमा कालिकोटको रास्कोट नगरपालिका,शान्नि त्रिबेणी गाउँपालिका,नरहरीनाथ गाउँपालिका र जुम्लाका सिंजा गाउँपालिका,हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधी वडा अध्यक्ष र बिषयगत कार्यालयहरु शिक्षा र स्वास्थ्य लगायत कार्यलयका प्रमुख र प्रतिनिधीहरु ६ वटा साझेदार संस्थाहरु सादा नेपाल,क्याड नेपाल, किर्डाक नेपाल,हुरेन्डेक नेपाल, सेडा नेपाल र पेस नेपालका पदाधिकारी तथा कर्मचारीहरु र प्लान ईन्टरनेश्नल नेपाल फिल्ड कार्यलय जुम्लाका लेखा संयोजक लगायत बाल ब्यबस्थापन र बालिका संरक्षण लगायत सबै सेक्टरका संयोजक लगायतका कर्मचारीहरुको सहभागिता रहेको छ ।


कार्यशालाको सुरुवातमा सम्पुर्ण सहभागीहरु लाई स्वागत मन्तब्यबाट कार्यशालाको उद्धेश्य माथि प्रकाश पार्दै क्षेत्रिय प्रबन्धक मीना पराजुलीले प्लान ईन्टरनेश्नल नेपाल कर्नाली फिल्ड कार्यालय जुम्लाले कार्यक्रम संचालन भएका स्थानिय तहसंग समन्वय र सहकार्य गरि स्थानिय सरकारको प्राथमिकताको कार्याक्रममा सहयोगीको भूमिका निर्बाह गर्नका लागि प्लान ईन्टरनेश्नल नेपाल र साझेदार संस्थाहरुले स्थानिय स्तरमा सहजिकरण गरिरहेको र आगामी दिनमा पनि सरकारका प्राथमिकताका क्षेत्रमा सहयोगी र सहकार्य रहने हुँदा अपेक्षित उपलब्धि हाँसिल गर्न स्थानिय तहको अपनत्व बढाउन र दिगोपनाको आधार तयार गर्न संयुक्त कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।प्लान ईन्टरनेश्नल नेपालका देशिय उपनिर्देशक ब्राइन बिकेटले साझेदार संस्था र स्थानिय सरकारका प्रतिनिधी सहितको सहभागितामा चरण चरणमा कार्य योजना तर्जुमा गरिएको र बिश्वब्यापीरुपमा प्लान ईन्टरनेश्नलको रुपान्तरणको प्रक्रियामा रहेको र आगामी दिनमा समेट्ने प्लान ईन्टरनेश्नल नेपालका मुख्य तीन वटा प्राथमिकताका क्षेत्रहरुका बिषयमा स्पष्ट पार्दै जुम्लामा भएको सहभागितामुलक कार्याशालाले भाबी कार्यसंचालन रणनिती तय गर्न सजिलो हुने र साझेदार संस्था लाई सरकारी निकाय संग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्न प्रभाबकारी हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

कार्याशालामा बालप्रत्याभूत संचार कार्याक्रम र सो कार्याक्रम संग समबन्धित १० वटा प्रतिबद्धता र कार्याक्रमको परिचयको प्रस्तुती संयोजक जनकराज गिरीले गर्नु भएको थियो ।स्याहार र संरक्षण सम्बन्धि कार्याक्रमको परिचयात्मक कार्यक्रमको प्रस्तुती संयोजक दुर्गा क्षेत्रीले गर्नु भएको थियो ।बाल अधिकार को प्रर्बधन,बालिका र युवा महिला संरक्षण का लागि छाउपडी प्रथा,बाल बिबाह,बाल श्रम,कुपोषण लगायतका समस्याहरुका बिषयमा छलफल गरि न्युनीकरणका लागि अभियान थाल्ने बिषय समेटिएको छ ।सिकाईमा शिक्षा र आयआर्जनमा रोजगार,हरेक बालबालिकालाई सरकारी स्कुलमा झिकाउने,सिकाउने, टिकाउने र बिकाउने बिषयमा समुहगत छलफल गरिएको छ ।


नेतृत्व बिकास र सफलताका आधारका सवालमा समेत् छलफल गरिएको छ ।कार्याशालामा सहभागी रास्कोट नगरपालिकाका शिक्षा ईकाई प्रमुख प्रभुलाल न्यौपानेले प्लान नेपाल र साझेदार संस्था र पालिकाको पहलमा समन्वय र सहकार्य गर्न सजिलो हुने र पालिकास्तरमा बालबालिकाका क्षेत्रमा कार्ययोजना बनाउदा र बजेट बिनियोजन गर्दा सहयोग पुगेर बालबालिका केन्द्रित कार्यक्रम संचालन गर्दा निकै प्रभाबकारी हुने बताउनु भयो ।सहभागी वडा अध्यक्ष हरुका तर्फबाट जुम्ला कनकासुन्दरी गाउँ पालिका ५ का बिर्ख बहादुर खत्रीले धेरै आईएनजिओ, एनजिओ आउन्थिया जान्थिया हामी खासै चासो दिदैन छियौं ।यो बालबालिकाका क्षेत्रमा सबै वडा समेटेर लामो समय काम गर्ने प्लान नेपाल ठिक लागेको बताउनु भयो ।त्यस्तै कालिकोट रास्कोट नगरपालिका वडा नं।९ का वडा अध्यक्ष डबल बोगटीले यसरी नै सहभागितामुलक रुपमा कार्याक्रम गर्ने हो भने केही न केही परिबर्तन देखिने र स्थानिय सरकारले नमुनाको रुपमा प्रस्तुती गर्न सक्ने र पालिका लाई पनि अपनत्व बढ्ने र गै्रहसरकारी संस्था र स्थानिय पालिकाको सहकार्यले प्रभाबकारी नतिजा हाँसिल गर्न सकिनेमा बिशवस्त हुँदै आगामी दिनमा रास्कोटका बालबालिकाको अधिकार संरक्षणका साथ सर्बाङ्गिण बिकासमा टेवा पुग्ने बताउनु भयो ।


शान्त्रित्रिबेणी वडा नं।१ का भरत बि।क।ले बिपन्न तथा दलित अपांग लाई समेटेर संचालन गरिएको कार्याक्रमले लक्षित बर्गका बालबालिका प्रत्यक्ष रुपमा लाभ लिन सक्ने र सहभागितात्मक कार्याशालाले आफु लाई उत्साहित बनाएको बताउनु भयो ।दुई दिनको संयुक्त कार्ययोजना निर्माण कार्यशाला र त्यस लगत्तै हुने अर्धबार्षिक समिक्षाले एक अर्काका सफल सिकाई को आदान प्रदान हुनुको साथै नबिन र सृजनशिल योजना हरु निर्माण गर्न संयुक्त बसाई सहितको छलफल निकै प्रभाबकारी भएको र स्थानिय सरकार साझेदार र सबै सरोकार वालालाई एक ठाउँमा राखेर दिगोपनाको आधार तय हुने छलफल गरेकोमा आगामी दिनमा बालकेन्द्रित कार्यक्रम संचालन गर्न सहजता आउने बालमैत्री बाताबरण सृजना हुने,दिगोपनाको आधार तयार भै प्लान ईन्टरनेश्नल नेपाल र हामीसाझेदार संस्थाहरुको पहिचान नै उदाहरणिय हुनेमा बिश्वश्त रहेको सामाजिक जागरण तथा बिकास प्रतिष्ठान९सादा नेपाल०का कार्यकारी निर्देशक अशोकनाथ योगीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *