कर्णालीमा नेकपाका उम्मेदवार विजयी

कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सकिएको छ । केहीबेर अघिमात्र सकिएको निर्वाचनको मतगणना सातै प्रदेशमा धमाधम भइरहेको छ ।  कर्णाली प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ नेकपाका उम्मदवार मायाप्रसाद शर्मा विजयी भएका छन् । उनी ३६४८ मतभारसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विपक्षी दल कांग्रेसका उम्मेदवार डिल्लीराज पाठकले भने एक हजार २६ मात्र ल्याएका छन् ।  त्यस्तै, महिलातर्फ भएको निर्वाचनमा पनि नेकपाकै उम्मेदवार रहेकी सुमित्रा विसि विजयी भएकी छिन् । उनी ३६८४ मतसहित विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी गणेश कुमारी बस्नेत १०२६ मत ल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *