प्रहरी महानिरक्षक खनालद्धारा प्रहरी कार्यालय कालीकोटका भवनहरुको उद्घाटन

कालीकोट जिल्ला प्रहरी कार्यालय कालीकोटका नवनिर्वित भवनहरुको समुद्घाटन गरिएको छ । नेपाल सरकारबाट प्राप्त नियमित बजेट अन्र्तगत आवास तथा भौतिक परियोजना महाशाखाबाट भवनहरु निर्माण गरिएका हुन् । मूल्य अविबृद्धि करसहित रु ३ करोड ६० लाख ३३ हजार ७ सय ६२ रुपैया २० पैसामा तीनतले भवन निर्माण भएको हो । उक्त भवनसँगै जिल्ला प्रहरी कार्यालय कालीकोटका अन्य भवनहरु पनि उद्घाटन गरिएका छन् ।

नेपाल प्रहरीका महानिरक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कालीकोटका भवनहरुको उद्घाटन गरिएको छ । पछिल्लो समयमा नेपाल प्रहरीले गरेका उल्लेखनिय कार्यहरुको प्रशंसा गदै प्रहरी महानिरक्षक खनालले शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा हरेक नेपाललीले साथ दिएको बताएका । उनले कालीकोटका नागरिकहरुले यस जिल्लामा साथ दिनुपर्ने र समाजमा शान्ति सुरक्षा कायम गर्न सवैले प्रहरीलाई सहयोग गनुपर्ने बताउँदै समुदाय प्रहरी साझेदारीले आम नागरिकहरुमा प्रहरी र स्थानिय सरकारप्रति विश्वास एवं शुसासनको भरोसामा अभिवृद्धि गर्न सफल भएको बताए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख पुर्णचन्द्र जोशीले कालीकोट जिल्ला मात्रै नभई कर्णाली प्रदेशका सवै जिल्लाहरुका नागरिकहरुले शान्ति सुरक्षाको महशुस गरेको बताउँदै कुरीती कुसंस्कार अन्त्यका लागि सवैको पहल रहनु पर्ने बताए । कार्यक्रममा उपस्थित अथितिहरुलाई स्वागत मन्तव्यद्वाारा स्वागत गर्दै कालीकोट प्रहरी प्रमुख श्यामवावु ओलियाले कालीकोटका स्थानिय तहमा हुने गरेका विभिन्न किसीमका अपराध जन्य हिंसाहरुमा हाल कमि आएको बताएका ।साथै ओलियाले आगामी दिनमा समाजमा हुने गरेका कुसंस्कार, कुरीती अन्त्य गर्नका लागि सवै नागरिकहरुले प्रहरीसँग सहयोग तथा समन्वयको भूमिकामा रहनुपर्ने बताए । कार्यक्रम जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *