कार्यदल लाई तालिम दिँदै नेपाली सेना नगरपालिकामा

विपत प्रतिकार्य योजना निर्माणका लागि नेपाली सेनाले जिल्लाको रास्कोट नगरपालिकाका निर्माण कार्यदललाई तालिम दिएको छ ।विपत आइहालेको खण्डमा केहि हदसम्म काम होस् भनी नगरपालिकाका श्रमरोजगार बैंकका तीन सय ६० जना कार्यदल र स्कूलका विद्यार्थीहरुलाई चार दिने तालिम दिएको नेपाली सेना रणसुर गुल्मका गुल्मपति सेनानी उत्तम कटुवाले जानकारी दिए ।

उनका अनुसार विपत प्रतिकार्य योजनाका लागि पहिलो पटक खाँडाचक्र नगरपालिका, दोस्रो पटक नरहरिनाथ गाउँपालिका र तेस्रो पटक रास्कोटमा तालिम दिएका हाैं । कालिकोट सुरक्षाको दृष्टिकोणले एकदमै संबेदनशील मानिएको हुँदा विद्यार्थी र श्रमरोजगार बैंकका कार्यदललाई तालिम दिइएको बताए । कालिकोट पहिराको हिसाबले अति संवेदनशील छ भने अन्य हिसाबमा पनि जोखिम रहेको छ ।

तालिमले विपत आइहालेका बेला केही मात्रामा राहत पुगोस भनी कार्यादललाई तालिमको आवश्यक रहेको श्रमरोजागर बैंकका अध्यक्ष पदम खड्का सुवासले जानकारी दिए । उनका अनुसार तीन सय ६० जनाको समुह रहेको कार्यदलले अहिले नगरपालिकाका सडकहरु निर्माण गरिहेको छ । rajdhanidaily.com/बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *