न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान

कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नंं ४ निबासी ५६ वर्षिया दुर्गा प्रसाद न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान गर्नुभएको छ । करिव २ लाख ५० हजार पर्ने मुल्य वरावरको जग्गा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको छ । ३२५ वर्गमिटर जग्गा प्रहरी चौकीको लागि न्यौपानेले हस्तान्तरण गर्नुभएको छ । शान्ति सुरक्षा दिलाउनका लागि प्रहरी चौकीलाई जग्गाको अपुग भएका बेला न्यौपानेले जग्गा वितरण गरेकोमा प्रहरी प्रमुख श्यामबाबु ओलियाले धन्यवाद समेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *