रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाको नर्वौ वार्षिक साधारण सभा सम्पन्न ।

रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारण सभा कालीकोट जिल्लको होटल सनलाईटमा सम्पन्न भएको छ ।सहकारी संस्थाका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको सभा अध्यक्षता, कर्णाली प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीको प्रमुख आथित्यता, तथा सामुदायिक रेडियो चंखेलीएफ,एम का स्टेशन म्यानेजर खडानन्द अधिकारीको विशेष आथित्यतामा कार्यक्रम भएको हो । सहकारीको आर्थिक प्रतिवेदन पेश गदै बिरेन्द्र बहादुुर बुढाले गतआर्थिक वर्ष २०७५।०७६ मा६८ लाख,८ हजार १ सय,२८ रुपैया रहेको बताएका छन् । यस्तै आर्थिक वर्ष २०७६।०७७ को मंसिर महिना सम्मको कुलनाफा १ लाख ३३ हजार ७ सय ६२ रुपैया ६९पैसा रहेको छ ।

रातो गुराँस बचत तथा ऋण सहकारी संस्थामाहाल १ हजार ४ सय ५७जना सेयर सदस्यहरु रहेको सहकारीका लेखापाल धर्मराज शाहीले जानकारी दिएका छन् । कार्यक्रममा उपस्थित सम्पुर्ण सेयर सदस्य,आमन्त्रीत अतिथितथा संचालक समितीका पदाधिकारीहरु लाई मन्तव्य द्धारा स्वागत गदै रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी प्रसाद देवकोटाले सहकारीको वार्षिक साधारण सभामा उपस्थित सवैलाई सहकारीको महत्वबारे प्रष्ट पारेका छन् । यस जिल्लामा अन्य सहकारी संस्थाले सेवाग्राही लाई सास्ती दिने काम गरेको कुरा अवगत गराउदै रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीलाई सास्तीनदिएर हौषलाप्रदान गरेको देवकोटाले बताएका छन् ।

कार्यक्रममा बोल्दै विशेष अतिथि समेत रहनु भएका नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले सहकारी सवैको हितका लागि र समाजमा रहेका व्यक्तिहरुलाई आर्थिक संकट बाट मुक्तीदिने भन्दै रातो गुराँस सहकारी संस्थाले हाल सम्म राम्रो काम गरेको आगामीदिनमा सफलताको शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभाका सदस्य माननिय कुर्मराज शाहीले सहकारीले समाज रुपान्तरणका कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए । साथै शाहीले राष्ट्रलाई समृद्ध र सुखि बनाउन सहकारीले भौतिक विकास निर्माणका कार्य गर्नु पर्ने उनको भनाई छ । सहकारीले सिचाई बनाहोस,खानेपानी बनाओस र आकर्षकको केन्द्रमापुग्न सेवाग्राहीको मर्कालाई बुझेर नयाँ कार्य विधि ल्याई सहर्ज वातावरण बनाउनु पर्ने पनी शाहीले बताएका छन् । मानवअधिकार तथा वातावरण विकास केन्द्र हूरेन्डेक नेपाल कालीकोटका सचिव दिलिप कुमार शाहीले सहकारीलाई अव स्थानिय सरकार,प्रदेश सरकार तथा संघिय सरकारले रणनीती ल्याउनु पर्नेमा जोड दिए । साथै शाहीले सहकारीलाई मजवुद बनाउन सहयोग गर्ने सम्पुर्ण सेएर सदस्यहरु लाई धन्यवाद समेत दिएका छन् ।
नवौँ बार्षिक साधारण सभा सम्पन्न । ८ जना उत्कृष्ट बचत कर्ता र असल ऋणीलाई प्रमाण पत्र सहितनगद रकम प्रदान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *